२९ असार २०८३, सोमबार

राजीनामा गरेका माओवादी मन्त्रीले गाडी फिर्ता नगर्दा प्रदेश प्रमुखलार्इ सवारी खोज्न सचिवहरूको दौडधुप !

माघ ५, २०७४
राजीनामा गरेका माओवादी मन्त्रीले गाडी फिर्ता नगर्दा प्रदेश प्रमुखलार्इ सवारी खोज्न सचिवहरूको दौडधुप !

काठमाडौं, ५ माघ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट राजीनामा गरेका माओवादी मन्त्रीहरुले गाडी फिर्ता नगरेपछि नवनियुक्त प्रदेश प्रमुखहरुलाई गाडी व्यबस्थापन गर्न सरकारलाई हम्मेहम्मे परेको छ । 

शुक्रवार दिउँसो २ बजेसम्म सातवटा प्रदेश प्रमुखहरुलाई गाडी उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालयलाई भनेको छ । तर गृहमन्त्रालयलका अधिकारीहरुलाई भने प्रदेश प्रमुखका लागि गाडी खोज्न समस्या परेको छ ।

प्रदेश प्रमुखको लागि गाडीको व्यबस्थापन गर्न शुक्रवार बिहानैदेखि गृह मन्त्रालय, शहरी विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिवहरु दौडधुपमा लागेका छन् । 

सरकारले बिहीवार नियुक्त गरेका सातवटा प्रदेश प्रमुखको शुक्रवार अपरान्ह शीतल निवासमा शपथको कार्यक्रम राखिएको छ । गृहमन्त्रालयले मन्त्रीहरुलाई गाडी फिर्ता गर्न फोन गरेको स्रोतको दावी छ । 

माओवादी मन्त्रीहरुले भने गाडि फिर्ता गर्न लागेको बताएका छन् । 'फिर्ता गर्ने पनि टाइम हुन्छ नि ! दुईवटा गाडी थियो, एउटा फिर्ता गरिसकेँ । एउटा गाडी दुईचार दिनमा फिर्ता गरिहाल्छु' निवर्तमान सामान्त प्रशासनमन्त्री टेकबहादुर बस्नेतले लोकान्तरसँग भने । माओवादीका अरु मन्त्रीहरुले पनि गाडी फिर्ता गरेका छैनन् । र, एक दुई दिनमा गाडी फिर्ता गर्ने उनीहरुको भनाइ छ । 

देउवा सरकारमा माओवादीका तर्फबाट ९ मन्त्री र ८ राज्यमन्त्री थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्