१७ असार २०८३, बुधबार

पुरुषको अनावश्यक चासोबाट कसरी बच्ने महिलाले ?

पुरुषको अनावश्यक चासोबाट कसरी बच्ने महिलाले ?

तपाईं कुनै बारमा एक्लै बसेर ड्रिंक लिइरहनुभएको छ अनि एक नचिनेको पुरुष त्यहाँ आइपुग्छ । 

ऊ तपाईंसँग कुरा गर्ने कोशिश गर्छ र तपाईंले बारम्बार अस्वीकार गरेपनि टाँसिइरहन खोज्छ । यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ? 

कि त तपाईंले त्यहाँबाट उठेर अन्तै जानुप–यो कि त कसैले आएर हस्तक्षेप गर्ला कि भनी कुर्नुप–यो । 

प्रत्येक महिलाले कुनै न कुनै बेलामा कुनै अपरिचित पुरुषले जबर्जस्ती कुरा गर्ने कोशिश गरेको अनुभव गर्नुपरेका हुन्छन् ।

त्यसैले बेलायती पत्रकार ऐम्ना सलीमले आफूमाथि हालै भएको घटना ट्विटरमा सुनाइन् । त्यसपछि सामाजिक सञ्जालमा बहस चल्यो, कसरी पुरुषले महिलाको इच्छाविना नै उनीहरूको निजी स्पेसमा हस्तक्षेप गर्छन् । 

अर्की एक महिलाले पनि यस्तै घटना शेयर गरिन् । इटालीको फ्लोरेन्समा एक व्यक्तिले उनीसँग जबर्जस्ती डान्स गर्ने कोशिश गरेको उनले बताइन् । 

उनी भन्छिन्, ‘मलाई एक अपरिचित युवतीले बचाइन् । उनले मनजिक आएर मेरो मिल्ने साथीले झैं चिच्याइन् ।’

ऐम्नाको ट्वीटको जवाफमा ज्यामियल नामक एक प्रयोगकर्ताले रमाइलो घटना सुनाइन् । 

उनले लेखिन्, ‘एकचोटि ट्रेनमा एक युवकले युवतीलाई सताइरहेको थियो र उनी एक्लै थिइन् । त्यसैले मेरो दाइले ती युवतीको पति भएको अभिनय गरे अनि त्यो युवक त्यहाँबाट गयो ।’

यो घटना १० वर्षअघिको हो र उनको दाइ अहिले साँच्चै ती युवतीका पति हुन् । 

आयरल्यान्डको डब्लिनमा बस्ने एक व्यक्तिले बताएअनुसार, उनले धेरैचोटि सीधै हस्तक्षेप गर्ने कोशिश गरेका छन् । 

उनले लेखे, ‘मैले सताइरहेको केटालाई भनें, यार तिमी जाऊ, केटीमा तिमीप्रति रुचि छैन । तर कुरा बिग्रियो । त्यो केटा रिसायो र झगडा चर्किन खोज्यो ।’

फ्रान्सका सायरा सुझाव दिन्छिन्, ‘सताउन खोज्ने मानिसलाई वाहियात प्रश्न सोधेर अल्झाउनुस्, जस्तो, सरी, कति बज्यो ?’

बीबीसी ट्रेन्डिङमा प्रकाशित ज्योर्जिना रेनार्डको फीचरको भावानुवाद 
 

salt training

कमेन्ट गर्नुहोस्