१९ असार २०८३, शुक्रबार

४ करोड बढी बिगो दावी गर्दै चूडामणि शर्माविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दर्ता

माघ १५, २०७४
४ करोड बढी बिगो दावी गर्दै चूडामणि शर्माविरुद्ध अर्काे भ्रष्टाचार  मुद्दा दर्ता

काठमाडौं, १५ माघ– आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक तथा तत्कालीन कर फस्र्यौट आयोगका सदस्य सचिव चूडामणि शर्माविरुद्ध ४ करोड बढीको बिगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ । 

सरकारी पदमा रहेर अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले ४ करोड, २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बिगो दावी गरेको छ । 

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (१६) को खण्ड (ग) तथा उपदफा (२) दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा २९ को खण्ड (ख) बमोजिम बिगो बराबरको सम्पत्ति जफत र सजाय माग गरेर मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयले बताए । 

अश्वभाविक रुपमा सम्पत्ति आर्जन
सरकारी सेवामा प्रवेश गरेपछि शर्माले कूल ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ बैध रुपमा आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । तर शर्माले सो अवधिमा रु ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेका छन् । 

अख्तियारले गरेको अनुसन्धानबाट शर्माले गरेको आम्दानी र खर्चको अनुपात ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँको छ । र सो बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको छानवीनबाट पत्ता लागेको छ । 

शर्माले गागी, घर, शेयर खरिदमा ७ करोड ९३ लाख रुपैयाँ खर्चका गरेका अख्तियारको छानवीनबाट खुलेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्