
शाहरुख खान भारतीय फिल्म उद्योगका चर्चित अभिनेता हुन् । यसका कारण नै ‘रईस’ ले भारतमा मात्र होइन विदेशमा पनि पहिलो दिन उत्कृष्ठ कमाई गर्न सफल भयो ।
राहुल ढोलकियाको निर्देशनमा बनेको रईसले पहिलो दिनको कमाइमा अमिर खानको दंगललाई पछि पारेको छ ।
दंगलले हरियाणाका रेसलर महावीर सिंह फोगाट तथा उनकी छोरीहरुको कथामा आधारित थियो ।
तर दंगल अहिलेसम्मका सवैभन्दा धेरै कमाई गर्नेवाल बलिउड फिल्म हो । तर विदेशमा पहिलो दिनको कमाई मामलाई रईसले दंगललाई पछि पारेको छ ।
आकडाहरुका अनुसार अमेरिकी वक्स अफिसमा रईसको पहिलो दिनको कुल कमाई ३ लाख ४७ हजार ६ सय ३ अमेरिकी डलर रहेको छ । वही अमेरिकामा दंगलले रिलिजको पहिलो दिन ३ लाख २८ हजार २ सय २७ अमेरिकी डलरको व्यापार गरेको थियो ।