२७ असार २०८३, शनिबार

बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’

बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं, ११ चैत– बिदेशी भूमीमा रहेर नेपाली भाषा, साहित्यलाई विभिन्न माध्यमबाट विश्वभरि फैलाउन विशेष योगदान पुर्याएको भन्दै साहित्यकार भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७४’ प्रदान गरिने भएको छ । 

बिगत एक दशक लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी बस्नेतले नेपाली भाषा, साहित्य बारे निरन्तररुपमा कलम चलाई नेपाल बाहेक अन्य देशमा समेत नेपाली भाषा, साहित्यको विस्तार गर्न सिर्जनात्मक र संगठनात्मकरुपमा विशिष्ट योगदान पुर्याएको भन्दै बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७४’ प्रदान गर्न लागिएको हो । 

नइ प्रकाशनको शनिबार बसेको बैठकले साहित्यकार बस्नेतले नेपाली भाषा, साहित्यलाई जगेर्ना गरी विश्वभर फैलाउनमा विशेष योगदान गरेको ठहर गरी ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७४’ बाट सम्मान गर्ने निर्णय भएको नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंले जानकारी दिइन् । पुस्कारको राशी एक लाख रुपैयाँ नेपाली रहेको छ । 

इजरायलका लागि नेपालका पर्यटन तथा सांस्कृतिक सद्भावना दूत तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरका अध्यक्ष समेत रहेका बस्नेतले ‘मर्दको माया’ लगायतका पुस्तक लेखेकी छन् । 

यस्तै, नइ प्रकाशनले चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपाली शिक्षा सेवामा योगदान दिएका जर्मनीका प्रा.डा.मानफ्रेद गेरर्हाड थ्रोईलाई पनि पुरस्कृत गर्ने भएको छ ।

प्रकाशनले शनिबार प्रा. डा. थ्रोईलाई तीन लाख रुपैयाँको ‘नइ देरुनीख अन्तर्राष्ट्रि पुरस्कार’ दिने निर्णय गरेको हो । विदेशी मूलका विशिष्ट व्यक्तिलाई दिइने पुरस्कारका लागि प्रा. डा. थ्रोइ छानिएका हुन ।

घोषित दुर्इ वटै पुरस्कार संस्कृतिबद् डा. सत्यमोहन जोशीको ९९औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा प्रदान गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्