×

NMB BANK
NIC ASIA

काठमाडौं, १६ चैत-गत साउन ६ गते (शुक्रवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका अधिकृत चक्रबहादुर श्रेष्ठलाई घुससहित पक्राउ गर्‍यो ।

Muktinath Bank

चांगुनारायण नगरपालिका–७ बागेश्वरीको जग्गा कित्ताकाट गरी बाटो राखेर प्लट मिलान गर्ने कामका लागि ५० हजार रुपैयाँ घुस लिँदै गर्दा श्रेष्ठ अख्तियारको फन्दामा परे । भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा सेवाग्राहीबाट घुस लिँदै गर्दा अधिकृत श्रेष्ठसहित  नायव सुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेललाई पनि पक्राउ गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्ष २०७४/७५ को शुरुवातमै अधिकृत तहका सरकारी अधिकृतलाई घुसहित रंगेहात पक्राउ गरेको अख्तियारले फागुन महिनासम्म ८८ जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अख्तियारको स्टिङ अपरेसनका क्रममा २ जना सह–सचिवसहित विभिन्न तहका ८८ जना ‘राष्ट्रसेवक’ कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जनासहसचिव सहित ३ जना उपसचिव, ८ जना शाखा अधिकृत, ४ जना इञ्जिनियर, २७ जना नायव सुब्बा, १० जना प्राविधिक नायव सुब्बा, ५ जना खरिदार र २७ जना अन्य तहका कर्मचारी छन् । अख्तियारले १ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) र १ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई पनि घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

Vianet communication

कर्मचारीबाट ८ महिनामा ७५ लाखको घुसखोरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षका ८ महिनामा ८८ जना कर्मचारीलाई पक्राउ गरेको छ । ती कर्मचारीले ७५ लाख बराबरको घुसखोरी गरेको अख्तियारको ठहर छ ।

अख्तियारले ८८ जना कर्मचारीविरुद्ध ५६ वटा मुद्दा दर्ता गरी ७५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

४ कर्मचारीविरुद्ध अकूत सम्पत्तिको मुद्दा

अख्तियारले चालू आर्थिक वर्षमा ४ जना कर्मचारीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरको छ ।

अख्तियारले नेपाल विद्युत् प्राधिकरणका उप कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषदका सहसचिव देवीप्रसाद बाराकोटी, आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत टीकाराम भुसालविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनीहरूले सार्वजनिक पदमा बसेर ११ करोड ९८ लाख बराबरको स्रोत नभएको सम्पत्ति आर्जन गरेको अख्तियारका सहसचिव एवम् प्रवक्ता दीर्घराज मैनालीले बताए ।

८ महिनामा २४१ विरुद्ध मुद्दा, साढे १० अर्ब बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षका ८ महिनामा २ सय ४१ जनाविरुद्ध ९९ वटा भ्रष्टाचारका मुद्दा दर्ता गरेको छ । उनीहरूबाट १० अर्ब ४६ करोड बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता मैनालीले बताए ।

विकास निर्माणका काममा विशेष निगरानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार तथा विकास निर्माणका कार्यमा विशेष निगारानी शुरु गरेको जनाएको छ । अख्तियारका प्रवक्ता मैनालीले विकास निर्माणका कामको जाँच गर्न नयाँ प्रविधि र प्राविधिक जनशक्तिको व्यवस्थापन भइसकेको भन्दै अब भवन तथा सडक निर्माणमा हुने अनियमिततामा कमी आउने बताए । 

प्रवक्ता मैनालीका अनुसार अख्तियारले भवन निर्माणमा कमसल सामग्री प्रयोग भए नभएको जाँच गर्न एक्सरे मेसिन ल्याएको छ । ‘उक्त मेसिनले कुन भवनको कुन भागमा कस्तो खालको निर्माण सामग्री भएको छ भन्नेबारे सबै जानकारी सजिलै हासिल गर्न सकिन्छ,’ प्रवक्ता मैनालीले भने, ‘यस्तै सडकको गुणस्तर मापन गर्न इन्जिनियरसहितका प्राविधिक जनशक्तिको पनि व्यवस्थापन गरिएको छ ।’

प्रवक्ता मैनालीले अहिले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी सडखखण्डमा कमसल सामग्री प्रयोग भएको उजुरीमाथि उनुसन्धान भइरहेको बताए । ‘मध्यपहाडी लोकमार्गको हलेसी सखडकखण्डमा कमसल सामग्री प्रयोग गरिएको । बाटो बनाएको महिनादिन नपुग्दै भत्किन थालेको भनेर उजुरी परेको थियो,’ प्रवक्ता मैनालीले भने, ‘अहिले अख्तियारको प्राविधिक टोलीले उक्त सडकखण्डमा प्रयोग भएका सामग्रीमाथि अनुसन्धान गरिरहेको छ ।’ 

कमसल सामग्री प्रयोग भएको पाइएमा सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी र सडक निर्माणको जिम्मा लिएको मध्यपहाडी लोकमार्ग परियोजनाका अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिने मैनालीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x