
नयाँ दिल्ली, २४ चैत-प्रधामनन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् ।
भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधामनन्त्री ओली र भारतीय समकक्षी मोदीले शनिवार नयाँ दिल्लीबाट रिमोट दबाएर मोतिहारीमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।
भातको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९ किलोमोटर पेट्रोलियम पाइपलाइन शिलन्यास गरिएको हो ।
नेपाल आयल नियम र भारतीय आयल कर्पोरेशनले संयुक्त रूपमा सञ्चालन गर्ने यो पाइपलाइनबाट वार्षिक २० लाख टन पेट्रोलियम पदार्थ पठाउन/ल्याउन सकिने छ ।