×

NMB BANK
NIC ASIA

ओली र मोदीबीच भएको १२ बुँदे सम्झौतामा के छ ? (सम्झौतासहित)

चैत २४, २०७४

NTC
Premier Steels

नयाँ दिल्ली, २४ चैत- नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शनिवार हैदरावाद हाउसमा भएको छलफलपछि दुई देशको तर्फबाट संयुक्त वक्तव्य जारी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ बुँदा रहेको वक्तव्यमा सम्मान र लाभको आधारमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा नेपाल-भारत रेल र पानीमा कनेक्टिभिटी गर्ने सहमति भएको छ । 

Vianet communication

के छ त संयुक्त वक्तव्यमा ?

संयुक्त प्रेस विज्ञप्ति

१. नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली २०१८ अप्रिल ६ देखि ८ सम्म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएको छ ।

२. २०१८ अप्रिल ७ मा दुवै देशका प्रधानमन्त्रीले व्यापकरूपमा दुई देशबीच रहेको बहुमुखी सम्बन्धको विस्तार गर्ने विषयमा समीक्षा गर्नुभयो । उहाँहरूले दुवै देशका सरकारी, निनी क्षेत्र र जनताको स्तरबीच बढ्दो साझेदारीको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्री समानता, आपसी भरोसा, सम्मान र लाभको आधारमा सम्बन्धलाई नयाँ उचाइमा उठाउन एकसाथ काम गर्न सहमत हुनुभएको छ ।

३. नेपाल-भारत सम्बन्ध बलियो साझा ऐतिहासिक, सांस्कृतिक आधारमा बनेको स्मरण गर्दै दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धको सिमानामा नियमित र उच्चस्तरको राजनीतिक आदानप्रदानको महत्त्व रहेको कुरामा सहमति जनाउनुभएको छ ।

४. नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतसँग मित्रता सम्बन्धलाई अझ बलियो बनाउनका लागि जोड दिइने कुरा बताउनुभएको छ । उहाँले आर्थिक प्रगति र विकासका लागि भारतको प्रगति र समृद्धिबाट लाभ उठाउनका लागि द्विपक्षीय सम्बन्ध विकास गर्न नेपाल सरकारको इच्छा रहेको कुरा व्यक्त गर्नुभएको छ । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार नेपालसंग आफ्नो साझेदारी बलियो बनाउन आफ्नो सरकार प्रतिवद्ध रहेको कुरा बताउनुभएको छ । 

५. ‘सबका साथ, सबका विकास’को नाराअनुसार भारत समावेशी विकास र समृद्धिको साझा दृष्टिका लागि आफ्ना छिमेकीहरूसंग भारतको सम्बन्धको एक महत्वपूर्ण ढांचा हो भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि सरकारले आर्थिक परिवर्तनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताउनु भयो । प्रधानमन्त्री मोदीले नेपाली जनता र नेपाल सरकारलाई यो सफलताको लागि बधाई दिनुभएको छ । 

६. दुवै प्रधानमन्त्रीहरूले नेपालको वीरगञ्जमा एकीकृत चेकपोस्टको उद्घाटन गर्नुभयो । यसको प्रारम्भिक परिचालनले सीमापार व्यापार बढाउने र सामानहरूको पारगमन र साझा विकासका लागि अधिक अवसर ल्याउने मानिसहरूको आन्तरिक गति बढाउने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो ।

७. दुवै प्रधानमन्त्रीले मोतिहारी-अमलेखगञ्ज क्रस बोर्डर  पेट्रोलियम आपूर्ति पाइपलाइनको शिलान्यास गर्नुभयो ।

८. दुबै प्रधानमन्त्रीहरूले नेपालमा द्विपक्षीय परियोजनाहरूको कार्यान्वयनको आवश्यकतालाई जोड दिनुभयो र सहकार्यको एजेन्डाहरूलाई बढावा दिनका लागि अहिले अस्तित्वमा रहेका द्विपक्षीय संयन्त्रहरूलाई बलियो बनाउने कुरामा जोड दिनुभयो ।  

९. पारस्परिक हितका निम्नलिखित प्रमुख क्षेत्रहरूमा तीनवटा अलग साझेदारी भयो ।

• भारत-नेपाल : कृषिमा नयाँ साझेदारी

• रेल लिङ्कहरू विस्तार गर्दै रक्सौललाई नेपालको काठमाडौंसम्म जोड्ने

• भारत र नेपालबीच इनल्याण्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सिर्जना गर्ने

१०. दुवै प्रधानमन्त्रीहरू यसमा सहमत हुनुभएको छ कि यो भ्रमणले दुई देशबीचको बहुमुखी साझेदारीमा नयाँ गतिशीलता थपेको छ ।

११. प्रधानमन्त्री ओलीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई गरिएको न्यानो अतिथ्यताका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो ।

१२. प्रधानमन्त्री ओलीले नेपालका भ्रमण गर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिनुभयो ।  प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभयो र त्यसको मिति कुटनैतिक तहबाट निर्धारण गरिने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो । 

विश्लेषक रोका भन्छन्, 'भारतसँग रकेटबाहेक सबै सम्झौता भएछ !'

संयुक्त पत्रकार सम्मेलनमा के भने भारतीय प्रधानमन्त्री मोदीले ?

संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने–भारतसँग नमूना सम्बन्ध बनाउन चाहन्छौं

ओली-मोदी सहमति : काठमाडौंमा दिल्लीको रेल, समुद्रसम्म जलमार्ग !

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x