×

NMB BANK
NIC ASIA

स्याङ्जा, ४ वैशाख– सडक विभागले सडक विस्तारको कामलाई वेवास्ता गरेपछि वालिङ नगरपालिले आफ्नै बजेटमा सडक विस्तार थालेको छ । 

Muktinath Bank

वालिङ नगरपालिका भित्र पर्ने सिद्दार्थ राजमार्गको १७ किलोमिटर सडक चौडा बनाउने अभियानमा वालिङ मेयर दिलिपप्रताप खाण लागेका छन् । मेयर खाण हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म राजमार्ग विस्तारका क्रममा निस्केको धुलो बढारीरहेका भेटिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छाङछाङदीदेखि बाँयाटारीसम्म सिद्दार्थ राजमार्गमा पर्ने १७ किलोमिटर सडकमा करिब ६० वटा घरहरु ७५ फुट भित्र छन् जुन राजमार्गको मापदण्डमा पर्दैन । खाणका अनुसार ति ६० घरपरिवारहरुले पनि बाटो विस्तारको कामलाई सघाएका छन् । उनीहरुको घर भने सडकको मापदण्डले गर्दा भत्किने छ ।


Advertisment
Nabil box
Kumari

सडक विभागले बाटो विस्तार गर्न आलटाल गरेपछि नगरपालिकाले आफ्नै बजेटले काम शुरु गरेको मेयर खाणले बताए । उनले सडक विभागबाट प्राविधिक सहयोग भने लिएको जानकारी दिए । 

Vianet communication

मुख्य राजमार्गको साथसाथै अरु सहायक सडकलाई पनि विस्तार गरेर आठ मिटर चौडा बनाउन लागिएको उनले जानकारी दिए  । 

ति मध्ये वालिङ नगरपालिकाको बाहिरी चक्रपथ भनिने १०६ किलोमिटरको सडक निर्माण र विस्तार महत्वपूर्ण भएको उनले बताए । 

नगरपालिकाको नीतिगत सुधारका लागि बीसवटा ऐन र त्यससँग जोडिएका नियमावली तयार गरेको जानकारी मेयर खाणले दिए । 

आफ्नै कार्यकालमा वालिङलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत १४ वटै वडाहरुलाई अप्टिकल फाइबरले जोड्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । 

सेवाग्राहीहरुलाई सबै सुविधा अनलाइन प्रविधी मार्फत दिने काम शुरु गर्न लागिएको खाणको भनाइ छ । 

वालिङ नगरपालिकाको अनलाइन प्रविधिको ब्याकअप स्थानीय विकास मन्त्रालयमा स्थापना गरिसकिएको छ । अहिले १४ वटै वडा भित्र जताततै सिसिटिभी जोड्ने काम चलिरहेको छ ।  सीसीटीभीले नगरपालिको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेमा उनी ढुक्क छन् । 

खाणले चालू आर्थिक वर्षमा नगरपालिकासँग कूल ६० करोड बजेट रहेको र त्यस मध्ये ४ करोड नगरपालिकाको आन्तरिक आयबाट जम्मा भएको जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x