
काठमाडौं, २२ माघ–भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘झलक दिलाजा’को उपाधी जितेकी तेरिया मगरले नेपाल आएर आर्थिक सहयोगको घोषणा गरेकी छिन् ।
शुक्रबार नेपाल आएकी तेरियाले शनिबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा तेरिया मगर फाउण्डेसनलाई एक लाख साठी हजार सहयोग दिने घोषणा गरिन् ।
गरिब र पछाडि परेका समुदाय र बालबालिकाको कला तथा शिक्षामा सहयोग पु-याउन खोलिएको तेरिया फाउण्डेसनमा उनले सहयोग गरेकी हुन् ।
रुपन्देहीको रुद्रपुरको सामान्य परिवारमा जन्मिएकी मगरले भारतमा सञ्चालन भएको टिभी रियालीटी शोमा जीत हात पारेपछि नेपाल आएकी हुन् ।
राजधानीमा आयोजित कार्यक्रममा तेरियाले नेपालीले नेपाल बाहिर बसेर काम गर्दै नेपालकी तेरिया भनेर चिनाउने आफ्नो उदेश्य भएको बताइन् । उनले भोट हालेर आफूलाई जिताउन सहयोग गर्ने सवैलाई धन्यवाद दिइन् ।