×

NMB BANK
NIC ASIA

काठमाडौं, ६ वैशाख– ज्यान मार्ने उद्योगमा ५ वर्षको सजाय पाएर फरार रहेका गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) अन्ततः बिहीवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । 

Muktinath Bank

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मनाङेलाई काठमाडौं स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार मनाङे तीनधारा क्षेत्रमा लुकेर बसेका थिए । गत माघदेखि फरार रहेका मनाङेको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस समेत जारी गर्यो । तर एकाएक नयाँ वर्षको दिन मनाङे काठमाडौं आएको सूचना प्राप्त भयो, प्रहरीलार्इ । 


Advertisment
Nabil box
Kumari

मनाङे आफ्नी श्रीमतीको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दथे । माघदेखि निस्क्रिय रहेको उक्त नम्बर वैशाख १ गते सक्रिय भएपछि प्रहरीले मोबाइल ट्र्याकिङ गर्न शुरु गर्यो । विगत तीन दिनदेखि मोबाइल ट्र्याकिङ गरिरहेको काठमाडौं प्रहरीले अन्नतः बिहीवार दिउँसो मनाङे बस्ने घर पत्ता लगाइ छाड्यो । र बिहीवार साँझ गएर पक्राउ गर्यो । 

Vianet communication

गत मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका मनाङे सांसदको सपथ नलिएरै गत माघदेखि फरार थिए । 

सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार भएका हुन् । 

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषि ठहर गर्दै  ५ वर्षको जेल सजाय सुनाएको थियो ।

३१ वैशाख २०६१ मा काठमाडौंको महाराजगन्जस्थित नफाङ रेस्टुरेन्टमा भएको लफडाका कारण मनाङेले अब ३ वर्ष जेलमा बस्नुपर्ने छ । मनाङेले याे मुद्दामा २ वर्ष जेल बिताइसकेका छन् । 

नफाङ रेस्टुरेन्ट गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ र दीपक मनाङेबीच झगडा भएको थियो । झगडाका क्रममा मनाङेले धारिलो हतियार प्रहार गरि चक्रे मिलनको बायाँ हात छिनालेका थिए । सोही घटनामा पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध ५ वर्षको जेल सजाय सुनाएको थियो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x