
विराटनगर, ७ वैशाख- प्रदेश नम्बर एकको प्रदेश सरकारमा प्रदेशको नामाकरण र स्थायी राजधानी बारे बहस शुरु भएको छ ।
प्रदेश सरकार गठन भएको दुई महिनापछि औपचारिक रुपमा प्रदेश सरकारमा दूई विषयमा प्राथमिकतामा पर्दै छलफल अघि वढेको हो ।
मुख्य मन्त्री शेरधन राईले बिहीवार संसदीय दलका नेताहरुलाई वोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानी लगायतका विषयमा छलफल गरेका हुन् ।
प्रदेश सरकारले नामाकरण र स्थायी राजधानीको टुङ्गोका विषयमा भने प्रदेश सभामा प्रवेश पाएको छैन ।
मुख्यमन्त्रीको आवास रहेको राष्ट्र वैकको हलमा आब्हान गरिएको सर्वदलिय वैठकपछि संचारकर्मीसंग कुरा गदै मुख्यमन्त्री राईले छिटै प्रदेशको नामाकरण र अस्थायी राजधानीको टुंगो लाग्ने बताए ।
प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सभाबाट छिटै टुङगो लगाउन संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएर छलफल थालिएको उनले बताए । ‘प्रदेश सरकारको प्रमुखको हैसियतले यस विषयमा मैले सहजीकरण,संयोजक गर्ने छलफल,परामर्श गर्ने कार्यको आजबाटै शुरुवात गरेको छु, मुख्यमन्त्री राईले भने, सर्वसम्बद रुपमा प्रदेशको नामाकरण,स्थायी राजधानी तोक्ने कुरा प्रदेश सरकार सचेत छ ।’
मुख्यमन्त्री विराटनगरमा स्थायी राजधानी राख्ने कुराको विपक्षमा रहेको छ भन्ने हल्ला वाहिर छ नी भनी संचारकर्मीले गरेको जिज्ञासमा उनले भने ‘यो कुरा शतप्रतिशत गलत हो, हामी सहमतीको आधारमा निर्णय गर्छौ प्रदेशको नाम र राजधानी ब्यक्तिगत गर्ने निर्णय हैन ।’ छलफलमा नेपाली काग्रेसका संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरमका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्वाहाम्फे सहभागी थिए । त्यसैगरी प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागीता रहेको थियो ।