×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड भन्छ- 'सहायतामा २२ करोड खर्च', पीडितको गुनासो उस्तै

बैशाख १७, २०७५

NTC
Premier Steels

काठमाडौं, १७ वैशाख–वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीमा गएका मृतक कामदारका परिवारलाई सहायतास्वरूप २२ करोडभन्दा बढी रकम खर्च गरेको तथ्याङ्क भेटिएको छ । 

Muktinath Bank

त्यति धेरै रकम सहयोग गरेको देखाइएको भए पनि पीडितका आफन्तहरूले कुनै सहायता नपाएको भनेर गर्ने गुनासोमा कुनै कमी आएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै अंग-भंग भएका कामदार तथा अशक्तता निर्धारण गरी दिइने सहायताको रूपमा ३ करोडभन्दा बढी खर्च गरेको छ । विदेशमा अलपत्र परेका २५१ शवहरू झिकाउँदा रु ५८ लाख खर्च भएको आव ०७३/७४ को प्रगतिविवरणमा जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त आवमा अलपत्र परेकामध्ये जम्मा ५१ जना कामदारलाई उद्दार गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले त्यसमा चालिस लाख खर्च गरेको देखाएको छ भने कानूनी सहायताका लागि भनेर रु ५५ लाख खर्च गरको बोर्डले आफ्नो प्रतिवेदनमा एक जनालाई पनि कानुनी सहायता प्रदान गरेको उल्लेख गरेको छैन । 

Vianet communication

बोर्ड बैठक र बजेट तथा कार्यक्रम बैठक भन्दै आयोजना गरिएको ११ पटकको बैठकमा भने पाँच लाख खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सीपमूलक तालिममा जम्मा जम्मी ११ करोड ५९ लाख खर्च गरिएको छ भने वैदेशिक रोजगारमूलक नाटक शीर्षकमा करिब १० लाख खर्च भएको देखाइएको छ । 

होर्डिङ बोर्डमा मात्र ८ लाख पचास हजार खर्च गरेको प्रवर्द्धन बोर्डले सञ्चारकर्मीहरूसँग वैदेशिक रोजगारसम्बन्धी बैठक, छलफल तथा अन्तरक्रिया र तालिम समेतको खर्च जम्मा ५ लाख भएको प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x