२९ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड भन्छ- 'सहायतामा २२ करोड खर्च', पीडितको गुनासो उस्तै

बैशाख १७, २०७५
वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड भन्छ- 'सहायतामा २२ करोड खर्च', पीडितको गुनासो उस्तै

काठमाडौं, १७ वैशाख–वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीमा गएका मृतक कामदारका परिवारलाई सहायतास्वरूप २२ करोडभन्दा बढी रकम खर्च गरेको तथ्याङ्क भेटिएको छ । 

त्यति धेरै रकम सहयोग गरेको देखाइएको भए पनि पीडितका आफन्तहरूले कुनै सहायता नपाएको भनेर गर्ने गुनासोमा कुनै कमी आएको छैन ।

त्यस्तै अंग-भंग भएका कामदार तथा अशक्तता निर्धारण गरी दिइने सहायताको रूपमा ३ करोडभन्दा बढी खर्च गरेको छ । विदेशमा अलपत्र परेका २५१ शवहरू झिकाउँदा रु ५८ लाख खर्च भएको आव ०७३/७४ को प्रगतिविवरणमा जनाइएको छ । 

उक्त आवमा अलपत्र परेकामध्ये जम्मा ५१ जना कामदारलाई उद्दार गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले त्यसमा चालिस लाख खर्च गरेको देखाएको छ भने कानूनी सहायताका लागि भनेर रु ५५ लाख खर्च गरको बोर्डले आफ्नो प्रतिवेदनमा एक जनालाई पनि कानुनी सहायता प्रदान गरेको उल्लेख गरेको छैन । 

बोर्ड बैठक र बजेट तथा कार्यक्रम बैठक भन्दै आयोजना गरिएको ११ पटकको बैठकमा भने पाँच लाख खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सीपमूलक तालिममा जम्मा जम्मी ११ करोड ५९ लाख खर्च गरिएको छ भने वैदेशिक रोजगारमूलक नाटक शीर्षकमा करिब १० लाख खर्च भएको देखाइएको छ । 

होर्डिङ बोर्डमा मात्र ८ लाख पचास हजार खर्च गरेको प्रवर्द्धन बोर्डले सञ्चारकर्मीहरूसँग वैदेशिक रोजगारसम्बन्धी बैठक, छलफल तथा अन्तरक्रिया र तालिम समेतको खर्च जम्मा ५ लाख भएको प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्