×

NMB BANK
NIC ASIA

श्रमको कार्यदल धमाधम काममा, वैदेशिक रोजगारीमा पनि सिण्डिकेट अन्त्य हुने

बैशाख १८, २०७५

NTC
Premier Steels

काठमाडौं, १८ वैशाख- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ क्रियाशील भएको बताएका छन् ।

Muktinath Bank

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री विष्टले आन्तरिक रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका साथै बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षा जस्ता कार्यहरूलाई तीनै तहको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गर्ने कुरामा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालय सम्हाल्नेवित्तीकै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको सिन्डिकेटविरुद्ध आक्रमक देखिएका मन्त्री विष्टले विभिन्न कार्यदलमार्फत सिन्डिकेट हटाउने कामको शुरुवात गरेको समेत  जनाए ।

Vianet communication

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दीर्घकालीन सोचसहितको रणनीतिक योजना तयार गर्नका लागि नेपाल सरकारको पूर्वसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा एक कार्यदल गठन गरेका थिए ।

सो कार्यदललाई वैदेशिक रोजगारको कुसल व्यवस्थापन गरेका श्रम निर्यातक मुलुकहरूले गरेका द्विपक्षीय श्रम सम्झौताहरूको अध्ययन र नेपालले अबलम्बन गर्नुपर्ने विषयहरू पहिचान गर्ने, हालसम्म नेपालले गरेको श्रम सम्झौताको पुनरावोलकन गर्ने, वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्ने र त्यसलाई समाधान गर्ने जस्ता कामहरू मन्त्रालयले सुम्पिएको छ । सो कार्यदलले दुई महिनाभित्र आफ्नो प्रतिवेदन बुझाउने बताइएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरूमा गएका कतिपय नेपाली गम्भीर दुर्घटनामा परी अंगभंग भएर फर्किने गरेको कुरालाई ध्यानमा राखेर सहायता कक्षको निर्माण गर्ने निर्णय यसअघि गरिसकेका थिए ।

विदेशमा मृत्यु भएका नेपालीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असरल्ल पर्ने गरेको समस्यालाई ध्यानमा राखेर एउटा शव बुझ्ने कक्षको पनि निर्माण गर्ने कुराको निर्णय भइसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x