२९ जेठ २०८३, शुक्रबार

पहिलो पटक मनाइयो सूचना प्रविधि दिवस, एक वर्षभित्र सबै तथ्याङ्क डिजिटलाइज्ड

बैशाख १९, २०७५
पहिलो पटक मनाइयो सूचना प्रविधि दिवस, एक वर्षभित्र सबै तथ्याङ्क डिजिटलाइज्ड

काठमाडौं, १९ वैशाख-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ मनाएको छ ।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा बुधबार विशेक कार्यक्रम गरी दिवस मनाइएको हो । सूचना तथा सञ्चार प्रविधिलाई जनातामैत्री बनाउने उद्देश्यले राष्ट्रियस्तरमै कार्यक्रम गरेर सूचना तथा सञ्चार प्रविधि दिवास मनाइएको यो पहिलो पटक हो ।

कार्यक्रममा बोल्दै मूल समारोह समितिका अध्यक्षसमेत रहेका सञ्चार सचिव महेन्द्रमान गुरुङले अहिलेसम्म सरकारले सूचना तथा सञ्चार नीति बनाएर काम गर्दै आइरहेको र अब त्यसलाई ऐनकोरूपमा विकसित गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

‘सूचना तथा सञ्चार ऐनको मस्यौदा अन्तिम चरणमा छ, यसलाई पारित गरेर कार्यान्वयन गरिनेछ,’ उनले भने । 

कार्यक्रममा बोल्दै सूचनाविद् डाक्टर रुद्र पाण्डेले सरकारको कर प्रणालीको आलोचना गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसाय गर्नेहरूलाई झन्झटिलो कर प्रणाली लगाएर सरकार यसको विकासमा बाधक बनेको उनको भनाइ थियो ।

त्यस्तै वक्ता ज्योति तण्डुकारले नेपालको सूचना प्रविधिले भविष्यको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सूचना प्रविधि विज्ञ असगर अलीले सरकारले एक वर्षभित्रमा जनताका सबै तथ्याङ्कहरूलाई डिजिटलाइज्ड गर्ने बताए ।

ढिला गरी शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बाँस्कोटा आउन ढिलाइ भएपछि सहभागीहरू लाखापाखा लागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्