×

NMB BANK
NIC ASIA

पहिलो पटक मनाइयो सूचना प्रविधि दिवस, एक वर्षभित्र सबै तथ्याङ्क डिजिटलाइज्ड

बैशाख १९, २०७५

NTC
Premier Steels

काठमाडौं, १९ वैशाख-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ मनाएको छ ।

Muktinath Bank

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा बुधबार विशेक कार्यक्रम गरी दिवस मनाइएको हो । सूचना तथा सञ्चार प्रविधिलाई जनातामैत्री बनाउने उद्देश्यले राष्ट्रियस्तरमै कार्यक्रम गरेर सूचना तथा सञ्चार प्रविधि दिवास मनाइएको यो पहिलो पटक हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बोल्दै मूल समारोह समितिका अध्यक्षसमेत रहेका सञ्चार सचिव महेन्द्रमान गुरुङले अहिलेसम्म सरकारले सूचना तथा सञ्चार नीति बनाएर काम गर्दै आइरहेको र अब त्यसलाई ऐनकोरूपमा विकसित गर्नुपर्ने आवश्यकता देखिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘सूचना तथा सञ्चार ऐनको मस्यौदा अन्तिम चरणमा छ, यसलाई पारित गरेर कार्यान्वयन गरिनेछ,’ उनले भने । 

Vianet communication

कार्यक्रममा बोल्दै सूचनाविद् डाक्टर रुद्र पाण्डेले सरकारको कर प्रणालीको आलोचना गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसाय गर्नेहरूलाई झन्झटिलो कर प्रणाली लगाएर सरकार यसको विकासमा बाधक बनेको उनको भनाइ थियो ।

त्यस्तै वक्ता ज्योति तण्डुकारले नेपालको सूचना प्रविधिले भविष्यको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सूचना प्रविधि विज्ञ असगर अलीले सरकारले एक वर्षभित्रमा जनताका सबै तथ्याङ्कहरूलाई डिजिटलाइज्ड गर्ने बताए ।

ढिला गरी शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बाँस्कोटा आउन ढिलाइ भएपछि सहभागीहरू लाखापाखा लागेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x