×

NMB BANK
NIC ASIA

सुनकाण्डको मुद्दा हेर्ने न्यायाधीश गोलाप्रथाबाट चयन, प्रतिवादीको बयान चल्दै [भिडियोसहित]

बैशाख २०, २०७५

NTC
Premier Steels

विराटनगर, २० वैशाख- ३३ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत मोरङले बिहीवारबाट बयान लिन शुरु गरेको छ ।

Muktinath Bank

सुन तस्करीमा संलग्न भएको अभियोगमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । त्यसमध्ये २९ जना पक्राउ परी थुनामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अदालत मोरङले थुनामा रहेका प्रतिवादीहरूसँग बयान लिन शुरु गरेको हो । बिहीवार ६ जनासँग बयान लिइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बयान लिने काम नै अझै ४/५ दिन जारी रहने उनको भनाइ छ । 'आज ६ जना कर्मचारीले ६ जना प्रतिवादीको बयान लिनुभयो, यस्तै ६/६ जना गरी बाँकी प्रतिवादीको बयान लिनेछौं,' दुलालले भने, 'यस्तो कुरामा हतार गरेर हुन्न, समष्टिगतरूपमा हेर्नुपर्ने हुन्छ, २४ देखि २५ गतेसम्ममा बयान लिने काम सकिन्छ ।'

Vianet communication

उनकाअनुसार बिहीवार प्रतिवादीहरू राजन कुमाल, टेकराज मल्ल ठकुरी, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीसँग बयान लिइएको छ ।

गोलाप्रथाबाट न्यायाधीश चयन

मुद्दाको संवेदनशीलतालाई मध्यनजर गर्दै यसलाई हेर्ने न्यायाधीश गोलाप्रथाबाट छनोट गरिएको श्रेष्तेदार दुलालले जानकारी दिए । 'मुद्दा कसको इजलासमा पर्ने भन्ने कुरामा हाम्रा श्रीमानहरूबीच बिहान १० बजे गोलाप्रथा गरियो,' दुलालले भने, 'न्यायाधीश नारायणप्रसाद शर्माज्यूको इजलासमा परेको छ ।'

बयान सकिएपछि थुनछेकको बहस हुने उनले बताए । १०० भन्दा बढी वकिल सहभागी हुने भएकाले त्यसले पनि समय लिने उनको भनाइ छ ।

भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x