
काठमाडौं, २१ बैशाख- सुनसरीको इटहरीदेखि काँकरभिट्टा सडकखण्डमा सुरक्षासहित सवारी चलाउन शुरु गरिएको छ । सोे रुटमा चल्ने निजी यातायात कम्पनीहरुले सुरक्षाको कारण देखाई सवारी थन्क्याएपछि स्थानीय प्रशासनको सहयोगमा शुक्रबार मध्यान्हदेखि सुरक्षा निकाय राखेर सवारी चलाउन गुडाउन थालेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरीदेखि काकरभिट्टा सडक खण्डमा बिन्देश्वरी, एरिना र हिमशिखर यातायातका गाडीहरु सुरक्षाकर्मीको सहयोगमा चल्न थालेका हुन् ।
यात्रुहरु अलपत्र परेपछि सरकारले तत्काल गाडी गुडाउन निर्देशन दिए पनि केन्द्रको आन्दोलन जारी रहेकोल व्यवसायीहरु डराएर बाहिर निस्किन सकेका थिएनन् ।
सवारीमा सुरक्षा निकायले नै चालकहरु र गाडीमा सुरक्षाराखेर गाडी चलाउन सहयोग गर्न थालेपछि पूर्वी नेपालका यातायात प्रालिहरु सवारी दिन सहमत हुन थालेका प्रशासनले जनाएको छ ।