काठमाडौं, २६ माघ — गायक बाबुराम पन्थीको नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । उनले सितारा म्यूजिक मार्फत आफ्नो नयाँ गीत बजारमा ल्याएका हुन् ।
पन्थीले जनक अर्यालसँग मिलेर ‘मेरो झल्को आएमा’ नामक गीत बजारमा ल्याएका हुन् । चर्चित गीतकार प्रल्हाद सुवेदीको शब्द र एकनारायण भण्डारीको संगितमा सो गीत बजारमा आएको छ ।
मर्मस्पर्शी गीतहरू सहित बजारमा आउने पन्थीको अहिले बजारमा आएको मेरो झल्को आएमा नामक गीत पनि निकै मार्मिक गीत हो ।
पन्थीलाई देबी घर्तिले गायनमा साथ दिएकी छन् । ‘मेरो झल्को आएमा, जल्न लाको घर हेरे, ढल्न लाको बर हेरे, मलाई देख्न मन लाएमा’ बोलको गीत बजारमा आएको हो ।
गीतमा अत्यन्तै मर्मस्पर्शी टुक्काहरू समेत समावेश छन् । ‘जिन्दगीले खै केके गरायो, म दुखिको ठेगानै हरायो’ जस्ता टुक्काहरू गीतमा समावेश भएका छन् ।
पन्थीले आफूले हरेक वर्ष जस्तै यो वर्ष पनि निकै मेहनत गरेर नयाँ दोहोरी गीत बजारमा ल्याएको जानकारी गराएका छन् ।
‘मेरा आगामी गीतहरूपनि दर्शको स्रोताको मन जित्ने गरि तयार गर्ने सोँचिरहेको छु,’ उनले भने, ‘यो नयाँ एल्ब रिलिज भएको छोटो समयमै सकारात्मक प्रतिक्रियाहरू पाएको छ ।’
गुल्मीको भनभनेमा स्थायी घर भएका पन्थीले लामो समयदेखि गायन क्षेत्रमा काम गरिरहेका छन् । उनले धेरेजस्तो गीत अत्यनतै मर्मस्पर्शी छन् ।
दुई वर्ष अघि गुल्मीकै सर्जक रामचन्द्र चन्दसँग मिलेर पन्थीले निकालेको एल्बम गुल्मी हो सानले निकै चर्चा बटुलेको थियो ।