काठमाडौं, ११ जेठ - धूलोधुवाँ र प्रदूषण राजधानीवासीका लागि सबैभन्दा ठूलो समस्या बनिसकेको छ ।
धूलोधुवाँका कारण श्वासप्रश्वास, मुटु, फोक्सो र घाँटीमा समस्या तथा क्यान्सरसम्मका रोगहरू देखिने गरेको चिकित्सकहरू बताउँछन् ।
धूलो राजधानीको हरेक भागमा छ । अझै सडक विस्तारको काम भइरहेको क्षेत्रमा त श्वास फेर्ने मुस्किल पर्नेगरी धूलो उड्छ ।
कलंकी-कोटेश्वर सडक विस्तारको काम अहिले अन्तिम चरणमा छ । कोटेश्वर-बल्खु खण्डमा काम लगभग अन्तिम चरणमा छ भने बल्खुबाट कलंकीसम्मको खण्डमा काम भइरहेको छ ।
आजभोलि बल्खुबाट कलंकी पुग्न निकै मुस्किल पर्छ । सडकमा धूलो यतिसम्म छ कि आँखासमेत हेर्न सकिन्न ।
हेर्नुहोस्, बल्खुको धूलोका केही तस्वीरहरू :
















