
पछिल्लो दुई दशकमा उत्तर प्रदेशको अयोध्या शहर राम जन्मभूमी बाबरी मस्जिद विवादका कारण चर्चामा छ ।
१९९२ मा बाबरी मस्जिद भत्काएपछि देशको कयौं स्थामा सांप्रदायिक हिंसा भएको थियो र कयौं मानिस मरेका थिए ।
यो प्रकरण अहिले पनि अदालतमा छ र फैसलाको प्रतिक्षा गरिएको छ ।
यी सबै विवादका बीच अयोध्यामा सम्प्रदायिक मिलनको अर्को रुप पनि देखिएको छ ।
सोमबार अयोध्याको सयौं वर्ष पुरानो एक मन्दिरका महन्तले मुसलमानका लागि इफ्तार पार्टी राखेका थिए । र कयौं मुस्लिम रोजाबसेकाहरुले त्यहाँ पुगेर रोजा तोडेका थिए ।
अयोध्याका सरयू कुञ्ज मन्दिरका महन्तले सोमबार इफ्तार पार्टीको आयोजना गरेका थिए । इफ्तारपछि मन्दिर परिसरमा नवाज पाठा भएको थियो ।