×

NMB BANK
NIC ASIA

काठमाडौं, ३१ जेठ – दुई वर्षअघि दशरथ रंगशालामा नयाँशक्ति पार्टी गठनको घोषणा कार्यक्रममा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘नयाँ शक्ति पार्टीले नेकपा एमालेबाहेक सबै दललाई धक्का दिन्छ ।’

Muktinath Bank

नयाँ शक्तिको त्यतिबेलाको आक्रामक प्रचार शैली र उठान गरिएका नाराले तत्कालीन प्रधानमन्त्री ओली मात्र होइन, अधिकांश जनताको राय त्यही र त्यस्तै प्रकारको थियो । तर समयक्रमले त्यसलाई पुष्टि गर्न सकेन ।
नेपालमा प्रकाशित हुने गोरखापत्रबाहेक सबै दैनिक ब्रोडसिटको ‘ज्याकेट एड’मा नयाँ शक्तिको झण्डा, नारा र संयोजक डा. बाबुराम भट्टराईको फोटो थियो । नयाँ शक्तिको गठनबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी सबभन्दा बढी सशंकित बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूलधारका राजनीतिक दललाई थोत्रा, पुराना भन्दै आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य लिएको भनिएको नयाँ शक्ति पार्टीमा एकवर्ष नपुग्दै पहिरो जान थाल्यो ।


Advertisment
Nabil box
Kumari

तत्कालीन माओवादीमा रहँदा भट्टराईका दाहिने हातको रूपमा रहेका देवेन्द्र पौडेल, खिमलाल देवकोटा, अर्थविद् रामेश्वर खनाल, मुमाराम खनालजस्ता ‘की प्लेयर’हरू पार्टीको भविष्यलाई संकटमा पारेर हिँडे ।

Vianet communication

बबरमहलको एक पार्टी प्यालेसमा नयाँ शक्ति पार्टीले स्थापनाको दोस्रो वर्ष लगभग १०० किलोको केक काटेर मनाइरहँदा ओरालो लागेको पार्टी संगठन र राष्ट्रिय राजनीतिमा स्खलन भएको नयाँ शक्ति र डा. बाबुरामको भूमिकालाई नजरअन्दाज गरिनु हुँदैन । त्यो गुलियो केकमा तीतो यथार्थ लुकेको छ ।

नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडा भने राजनीतिमा यस्तो प्रकारको उतारचढाव सामान्य मान्छन् । संगठनात्मक रूपमा केही कमीकमजोरी भएको भएता पनि राजनीतिमा बहसको उठान महत्वपूर्ण हुने उनको भनाइ छ । नयाँ शक्तिको एजेण्डा अहिले सबै दलको साझा एजेण्डा हुनु नै एउटा महत्त्वपूर्ण सफलता भएको उनको भनाइ थियो ।

पार्टी स्थापनाको दोस्रो वर्ष मनाउने कार्यक्रममा भेटिएका नयाँ शक्तिका अर्का नेता गंगानारायण श्रेष्ठले समावेशिता पार्टीको मुटु भएको भन्दै कसैले जातिवादीको आरोप लगाउँदैमा त्यो एजेण्डा छाड्न नसकिने बताए । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नारालाई अब ‘अबको निकास, समावेशी विकास’ भन्दै जानुपर्ने श्रेष्ठको भनाइ छ ।

नयाँ शक्ति र यससम्बद्ध नेताहरूको अर्को कमजोरी पनि छताछुल्ल हुने गरेको छ, त्यो के भने नयाँ शक्तिमा आफ्नो संगठन सुदृढ गर्न छाडेर अन्य नेताहरूको बारेमा नकारात्मक टिप्पणी बढी गर्छन् । 

बुधबार आयोजित समारोहमा नयाँ शक्तिका संयोजक डाक्टर भट्टराईले प्रचण्डलाई ‘द पाइड पाइपर अफ ह्याम्लिन’ भन्ने कथाको मुरली बजाएर मुसालाई समुद्रमा डुबाउने पात्रसँग तुलना गरे । संसदीय प्रणालीमा दुई वा दुईभन्दा बढी पार्टीहरू एक हुन सक्छन् र त्यस्तो एकतालाई अस्वाभाविक रूपमा लिनु हुँदैन भन्ने यथार्थलाई लुकाउन खोजेको जस्तो देखिएको थियो । 

स्थानीय चुनावको बेलामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई प्रयोग गरेर नयाँ शक्तिलाई ‘चुनाव चिन्ह’ नदिने प्रपञ्च रचेको नयाँ शक्तिका नेता गंगानारायण श्रेष्ठको आरोप छ ।
कहिले मसाल चिह्नमा चुनाव लड्नुपर्ने त कहिले आँखा चिह्नमा लड्नुपर्ने बाध्यता आइपरेका कारण नयाँशक्तिले अपेक्षाकृत मत नपाएको उनको भनाइ छ । 

‘वाद र तन्त्र’को पछाडि मात्र लागेर देशको आर्थिक विकास नहुनेमा नयाँ शक्ति प्रस्ट छ । तर राजनीति गर्नका लागि कुनै न कुनै वाद समाउनुपर्ने बाध्यता पनि नयाँ शक्तिसँग छ । 

विश्वमा उग्र पूँजीवादी र उग्र साम्यवादी शक्तिहरूको चपेटामा परेर सामाजिक न्याय मर्दै गइरहेको निष्कर्ष नयाँ शक्तिको छ । 

स्थापनाकालको दुई वर्षमा अपेक्षाकृत सफलता प्राप्त गर्न असमर्थ रहेको नयाँशक्तिले आगामी निर्वाचनमा तेस्रो ध्रुवको नेतृत्व गर्ने स्थानमा पुग्ने नयाँ शक्तिका नेताहरू बताउँछन् । त्यो पोजिसन प्राप्त गर्न फलामकै चिउरा चपाउनुसरह मेहेनत पर्ने कुरामा भने द्विविधा छैन । 

ढल्किँदै गइरहेको बाबुरामको उमेर र जन्मका हिसाबले बाल्यकालमै रहेको नयाँ शक्तिको भविष्यबीच तालमेल मिलेन भने देशको नेतृत्व गर्ने अवसर नयाँ शक्तिले गुमाउनेछ । अहिलेसम्म पूर्वप्रधानमन्त्री समेत रहिसकेका डाक्टर बाबुराम भट्टराईको योजना र कार्यदिशामा चलिरहेको नयाँशक्तिको नेतृत्व हस्तान्तरणको मुद्दा पनि उत्तिकै पेचिलो छ । 

सशस्त्र युद्धको ‘विरासत’ स्वीकार्ने की नस्वीकार्ने भन्ने बहसका क्रममा नयाँशक्तिका केही नेताहरूले पार्टी छाडे पनि अन्ततः ती नेताहरू अन्य पार्टीमा गएर पनि स्थापित हुन सकेका छैनन् ।

हाल बहसमा रहेको ‘वैकल्पिक राजनीतिक ध्रुव’को नेतृत्व गर्नका लागि परम्परागत राजनीतिक दलहरूलाई निर्वाचनमार्फत् विस्थापित गर्नुपर्ने हुन्छ । नयाँ शक्तिले त्यो गर्न सक्छ या सक्दैन, यो कुरा भविष्यकै गर्भमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x