३२ असार २०८३, बिहीबार

विगत ८० वर्षमा विश्वकपको पहिलो म्याच हारेको छैन ब्राजिल

विगत ८० वर्षमा विश्वकपको पहिलो म्याच हारेको छैन ब्राजिल

काठमाडौं, ३ असार – पाँचपल्टको विश्व च्याम्पियन ब्राजिलले यो विश्वकपको पहिलो खेल सोमवार बिहान स्विट्जरल्यान्डविरुद्ध खेल्दैछ । 

ब्राजिल र स्विट्जरल्यान्ड विश्वकपमा जम्मा एकचोटि भिडेका छन् । सन् १९५० मा भएको यो म्याच २–२ गोलले ड्र भएको थियो । 

विगत १२ विश्वकपमा ब्राजिलले समूह चरणको एउटा एउटा पनि खेल हारेको छैन । 

टिटे ब्राजिलको कोच भएदेखि विगत २१ म्याचमा एउटामा माात्र हार बेहोरेको छ । 

स्विट्जरल्यान्डको कुरा गर्दा उसले सन् २००६ को विश्वकपको समूह चरण टपेको थियो । 

उसले ११औं पटक विश्वकपमा भाग लिइरहेको छ । विश्वकपका ३३ म्याचमा उसले ११ मा विजय, १६ मा पराजय र ६ मा बराबरी गरेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्