३० असार २०८३, मंगलबार

पूर्वविजेतालाई साख जोगाउन सकस : जर्मनीमा भूकम्प, ब्राजिलको ४० वर्षे इतिहास ध्वस्त

पूर्वविजेतालाई साख जोगाउन सकस : जर्मनीमा भूकम्प, ब्राजिलको ४० वर्षे इतिहास ध्वस्त

काठमाडौं, ४ असार– रुसमा जारी विश्वकप फुटबलमा केही आश गरे भन्दा फरक नतिजा देखा परेका छन् । जसले समर्थकहरूलाई खिन्न बनाउनुका साथै टिम र खलाडीलाई आफ्नो साख जोगाई राख्न संकट पैदा भएको छ । 

समूह एफ मा रहेको जर्मनी र मेक्सिकोबीच आइतबार बेलुका भएको खेलमा पनि यस्तै नतिजा देखा पर्यो । चार वर्षअघिको विश्व विजेता जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजय भयो । 

मेक्सिकोका २२ वर्षका हिरभिङ्ग लोजानोले ३५ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई पहिलो खेलमै जिल्ल पारे । अन्ततः जर्मनीे १–० ले पराजित भयो ।

यो हारलाई जर्मनीका सञ्चारमाध्यमले ‘लाजमर्दो’ हारको रुपमा व्याख्या गरेका छन् । यस्तै केही मिडियाले त जर्मनीको हार भूकम्प जस्तै रहेको पनि उल्लेख गरेका छन् । तर मेक्सिकोमा भने उत्सवको अवस्था छ । 

जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको यो सन् १९८२ यताकै पहिलो हो । तर प्रशिक्षक योआखिम लो भने आफ्नो टिम अघिल्लो चरण पुग्ने भने ढुक्क रहेका छन् ।

ब्राजिलको ४० वर्षे इतिहास ध्वस्त
गएराति भएको अर्को खेलमा ब्राजिलले पनि आफ्नो साख जोगाउन सकेन । विश्वकपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिमको रुपमा हेरिएको ब्राजिल पछिल्लो ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भयो ।

ब्राजिलले सन् १९७८ यताका सबै विश्वकपमा आफ्नो पहिलो खेलमा जित निकाल्दै आएको थियो । उसलाई यसपटक यो मौका चुम्नबाट स्वीट्जरल्याण्डले रोक्यो । जसका कारण ब्राजितको इतिहास जोगिएन ।

रोस्तोभ अन डोनमा भएको खेलमा स्वीट्जरल्याण्डले विश्व विजेताको प्रमुख दाबेदारका रुपमा रहेको ब्राजिललाई १–१ को बराबरीमा रोक्यो । नेइमार, गाब्रियल जिसस, विलियन, फिलिप कोन्टिन्होसहितको टिटेको बलियो टिम स्वीट्जरल्याण्डसँग भरमजदुर प्रयासका बाबजुद पनि रोकिन पुग्यो ।

२० औँ मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट ब्राजिलले सुरुवाति अग्रता लिए पनि ५० औं मिनेटमा स्वीट्जरल्याण्डका स्टीभन जुबेरले बराबरी गोल फर्काए । जसले ब्राजिलको इतिहास तोडियो । ब्राजिलले जित निकाल्न नसके पनि हारबाट भने जोगियो ।

salt training

कमेन्ट गर्नुहोस्