
काठमाडौं, ८ असार –
पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स रुसमा जारी विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा कलियन एमबाप्पेले गरेको एकमात्र गोल फ्रान्सको जितमा निर्णायक बन्यो ।
हारसँगै पेरुको भने एक खेलअगावै विश्वको अन्तिम १६ मा स्थान बनाउने सम्भावना सकिएको छ ।