
काठमाडौं, १० असार – इंग्ल्यान्डले पनामाविरुद्ध गोलवर्षा गरेको छ । पहिलो हाफको समाप्तिमा इंग्ल्यान्डले पाँच गोल गरिसकेको छ ।
ह्यारी केनले पेनाल्टीमार्फत ४६औं मिनेटमा गोल गरेपछि गोलसंख्या पाँच पुगेको हो ।
कीएरान ट्रिप्पिएरले इंग्ल्यान्डका लागि चौथो गोल गरेका छन् । उनले ४०औं मिनेटमा गोल गरेका हुन् ।
यसअघि ३६औं मिनेटमा लिन्गार्डले २० यार्ड परबाट कर्लिङ गर्दै टप कर्नरमा सुन्दर गोल गरेका थिए ।
त्यसअघि जोन स्टोन्स र ह्यारी केनले गोल गरेका थिए ।
दोस्रोपटक गोल गरेर केनले यस विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा बेल्जियमका रोमेलो लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै स्थान बनाएका छन् । यी तीनैले चार गोल गरिसकेका छन् ।