०५ साउन २०८३, मंगलबार

विश्वकपमा स्पेनिस ला लिगा खेलाडीहरूको वर्चश्व

विश्वकपमा स्पेनिस ला लिगा खेलाडीहरूको वर्चश्व

काठमाडौं, १७ असार – फूटबल विश्वकपमा ५० वटा खेल सम्पन्न भइसकेका छन् । अठारवटा देशहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

यो विश्वकपमा खेल्न छानिएका ७३६ खेलाडीमध्ये ८१ जना खेलाडी स्पेनका विभिन्न क्लबबाट खेल्छन् । 

तथ्यांक हेर्दा विश्वकपको हरेक चौथो गोल स्पेनको ला लिगामा खेल्ने खेलाडीले हानेको देखिन्छ । समूह चरणको कुल ४८ खेलमा १२२ गोल भए । तीमध्ये १० गोल ला लिगामा खेल्ने क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), डेनिस चेरिशेभ (रुस) र डिएगो कोस्टा (स्पेन) ले गरेका हुन् । 

यी तीनै खेलाडी समूह चरणमा सबभन्दा धेर गोल गर्ने शीर्ष पाँच खेलाडीमा पर्छन् । अनि टोनी क्रूस र लियोनेल मेस्सी समेतले गरेका गोलहरू जोड्दा त ला लियाका खेलाडीकै वर्चश्व देखिन्छ । 

समग्रमा समूह चरणमा भएका १२२ गोलमा ३१ गोल ला लिगाका २१ खेलाडीले हानेका छन् । ला लिगामा खेल्ने स्पेनका खेलाडीहरूले सर्वाधिक ६ गोल हाने । दोस्रो नम्बरमा पोर्चुगल रह्यो जसका खेलाडी रोनाल्डो एक्लैले चार गोल गरे । अनि उरुग्वेका खेलाडीले पनि चार गोल गरेका छन् । क्रोएसिया, उरुग्वे, रुस र ब्राजिलका खेलाडीले तीन तीन गोल गरे । कोलम्बियाका खेलाडीले दुई अनि फ्रान्स, जर्मनी, अर्जेन्टिना, बेल्जियम, जापान, मेक्सिको र साउदी अरबका खेलाडीले एक एक गोल हाने ।

समूह चरणका ४८ खेलमध्ये १७ म्याचमा ला लिगामा खेल्ने खेलाडीहरूले म्यान अफ द म्याच पुरस्कार पाए । रोनाल्डो, लुइस सुआरेज, फिलिपो कउटिन्हो, लुका मोड्रिच र डेनिस चेरिसेभले दुईदुईचोटि यो पुरस्कार पाए । 

ला लिगामा खेल्ने खेलाडीहरूको स्मरणीय प्रदर्शनको कुरा गर्दा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले प्रतियोगिताको पहिलो ह्याटट्रिक पोर्चुगलका लागि स्पेनविरुद्ध गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्