×

NMB BANK
NIC ASIA

काठमाडौं, १७ असार – १७ अगस्ट २००५ का दिन लामोलामो कपाल भएको १८ वर्षे एक ठिटो सेतो र आकाशे निलो धर्सा मिश्रित जर्सीमा दगुर्दै मैदान छिर्‍यो ।

Muktinath Bank

बुडापेस्टस्थित फेरेन्च पुस्कास स्टेडियममा ६४औं मिनेटमा घरेलु टोली हंगेरीविरुद्ध १८ नम्बरको जर्सी लगाएर मैदान प्रवेश गर्ने ठिटो एकदिन विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्छ भनेर कतिपयले सायद त्यतिबेलै अनुमान गरिसकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तो अनुमान किनपनि भने- उनले युरोपको चर्चित क्लब बार्सिलोनाबाट आफ्नै जादूयी प्रदर्शनको बलमा लाखौं फ्यान कमाइसकेका थिए । ती खेलाडी अरु कोही नभएर वर्तमान विश्व फूटबलका एक महान खेलाडी लियोनल मेस्सी थिए ।


Advertisment
Nabil box
Kumari

अर्जेन्टाइन स्ट्राइकर लोपेजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका मेस्सीको डेब्यू खेल बिर्सनलायक रह्यो । 

Vianet communication

उनी मैदान प्रवेश गर्नेबित्तिकै बल लिएर विपक्षीको पोस्टतर्फ अघि बढे । मेस्सीको चर्चा सायद हंगेरियन खेलाडीले पनि सुनिसकेका थिए- त्यसैले उनलाई अघि बढ्न दिनु उचित ठानेनन् । 

विपक्षी खेलाडीले जर्सी तानेर उनलाई अघि बढ्न दिएनन्, त्यसक्रममा असन्तुलित भएका मेस्सीको हातले पछाडि रहेर आफ्नो जर्सी तान्ने खेलाडीको अनुहारमा लाग्यो ।

रेफ्रीले मेस्सीलाई रातो कार्ड देखाए । उनको डेब्यु खेल ४६ सेकेण्डमै टुंगियो । यो नै उनको करीयरकै एकमात्र रेडकार्ड पनि हो ।

हेर्नुहोस् भिडियो :

अहिले तिनै मेस्सी अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । बार्सिलोनाका तर्फबाट क्लब फूटबलमा देखाएको चामत्कारिक प्रदर्शनका कारण कीर्तिमानी ५ पटक वर्ष खेलाडी घोषित भइसकेका छन् भने क्लबको जर्सीमा उनले जित्न बाँकी त्यस्तो कुनै उपाधि नै छैन ।

देशका लागि पनि उपाधि जित्न उनले अधिकतम् प्रयास गरे । सन २०१४ को विश्वकपमा फाइनलमा पुगेर पराजित भए पनि उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका थिए ।

त्यसपछि महादेशीय प्रतियोगिता कोपा अमेरिकामा लगातार २ पटक फाइनल पुगेर पराजित भए । सन २००४ मा जितेको ओलम्पिक गोल्ड मेडल नै मेस्सीले अर्जेन्टिनाका लागि जितेको एकमात्र उपाधि बन्यो ।

हाल मेस्सी ३१ वर्षका भए । उनको टीम रुसमा जारी फिफा विश्वकपको प्री-क्वार्टर फाइनलमा फ्रान्ससँग पराजित भएर बाहिरिएको छ । मेस्सीले २ वटा गोलका लागि पास मिलाए, तर उनको टीम ४-३ ले पराजित भयो ।

सो खेलमा मेस्सीलाई अर्का एक युवा खेलाडीले माथ दिए । उनी हुन्- फ्रान्सका टिनेजर (१९ वर्षीय) किलियन एम्बाप्पे ।

एम्बाप्पेले आफ्नो गतिले अर्जेन्टाइन डिफेन्सलाई हायलकायल परे । पहिलो गोलका लागि पेनाल्टी आर्जन गरेका एम्बाप्पेले आफ्नो गतिलाई नै सदुपयोग गर्दै थप दुई गोल गरे ।  एम्बाप्पे सन् १९५८ मा पेलेले स्वीडेनविरुद्ध एकै खेलमा दुई गोल गरेयता एकै खेलमा दुई गोल गर्ने एकमात्र युवा खेलाडी बनेका छन् ।

जारी विश्वकमा उनले ३ गोल गरिसकेका छन् ।

धेरैले एम्बाप्पेबारे शनिबारको खेलबाटै जानकारी पाए पनि विश्व फूटबलमा उनको नाम चम्किएको एकवर्ष पार भइसकेको छ ।

फ्रान्सेली टीम मोनाकोबाट आफ्नो प्रभाव विस्तार गरेका एम्बाप्पेलाई खरिद गर्न गत सिजन युरोपका प्रतिष्ठित क्लबहरूले सकेसम्मको बल लगाएका थिए । 

विशेष गरी रियल मड्रिड तथा बार्सिलोना, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटीलगायत क्लबको प्रयासलाई विफल पार्दै फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेनले बाजी मार्‍यो । करीब १८० मिलियन युरोमा खरिद समेत गर्नसक्ने विकल्पसहित लोनमा उनलाई क्लबमा भित्र्याउन सफल भयो ।

एम्बाप्पेले पीएसजीबाट २७ खेल खेल्दै १३ गोल गरिसकेका छन् । पीएसजीमा उनले नेयमार तथा कभानीलाई माथ दिने प्रदर्शन गर्दै आएका छन् ।

सायद अब फूटबलमा पुस्तान्तरण हुँदैछ । ३१ वर्षे मेस्सी र ३३ वर्षे क्रिस्टियानो रोनाल्डोलाई १९ वर्षका एम्बाप्पेले माथ दिन थालेका छन् ।

यद्यपि एम्बाप्पेलाई मेस्सी र रोनाल्डोसँग अहिले नै तुलना गरिहाल्नु हतार हुनेछ । मेस्सी र रोनाल्डोको स्थानमा पुग्न उनले धेरै कठिन यात्रा तय गर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x