
नेयमार जुनिय फरवार्ड, ब्राजिल
नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर जर्मनी क्लब पिएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा पुर्याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो ।
भिक्टर लिन्डेलोफ, स्वीडेन
स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले गएराति स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
उरुग्वेको लागि बलियो खम्बाका रुपमा प्रस्तुत हुँदै आएका डियगो गोडिन सेन्टरब्याक पोजिसनबाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो ।
डियगो लाक्साल्ट लेफ्ट ब्याक, उरुग्वे
उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।
पाउल पोग्बा सेन्ट्रल मिडफिल्डर, फ्रान्स
फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।
इगोर अकिनफेभ (गोलकिप्पर), रुस
प्रि क्वारटफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पु¥याउन भूमिका खेले ।
मारियो फर्नान्डेज, रुस
राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो ।
ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान
जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो । तर जापान प्रिक्वारट फाइनलबाटै बेल्जियमसँग पराजित भएको छ ।
किलियन एमबाप्पे फरवार्ड, फ्रान्स
फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वारट फाइलन खेलका स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान खेलाडी पेलेको बराबरी हो ।
एडिन्सन काभानी फरवार्ड, उरुग्वे
एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलका लागि आफ्नो स्थान सुरक्षित ग¥यो । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसीप पनि धेरै नै उत्कृष्ट थियो ।