२८ असार २०८३, आइतबार

इंग्ल्यान्डको पेनाल्टी डरलाई यी चिकित्सकले पन्छाइन् !

इंग्ल्यान्डको पेनाल्टी डरलाई यी चिकित्सकले पन्छाइन् !

काठमाडौं, २२ असार – इंग्ल्यान्ड टीमले आफ्नो शानदार खेल र मानसिक मजबूतीको परिचय दिँदै प्रिक्वार्टरफाइनल भिडन्तमा कोलम्बियालाई हराउँदै प्रतियोगिताबाट बाहिर पठायो । 

यो रोमाञ्चक खेल निर्धारित समयभित्र १–१ गोलको बराबरीमा टुंगिदा पेनाल्टी शूटआउट गराइयो जसमा इंग्ल्यान्डले कोलम्बियालाई ४–३ ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो । 

इंग्ल्यान्डले पेनाल्टी शूटआउटमा प्रायः राम्रो प्रदर्शन गर्ने गरेको छैन । तर धेरै कम मानिसलाई मात्र इंग्ल्यान्ड यसपालि मानसिक रूपमा पहिलेभन्दा बढी तयार रहेको थाहा थियो । यसका पछाडि मनोवैज्ञानिक डा पीपा ग्य्रान्जको योगदान छ । 

इंग्ल्यान्डको फूटबल संघले अघिल्लो वर्षको नोभेम्बर महिनामा डा पीपाको सेवा लिने निर्णय गरेको थियो र उनलाई हेड अफ पीपल एन्ड टीम डेभलोपरका रूपमा नियुक्त गरेको थियो । 

यी ४७ वर्षीया मनोवैज्ञानिक आफ्नो विचार खुलेर राख्छिन् । टोलीलाई शक्तिशाली रूपमा एकजुट बनाउन र नयाँ ऊर्जा भर्नका लागि उनलाई जिम्मेवारी दिइएको थियो । 

पीपाको क्षमताले असर देखाउन थालेको देखिन्छ । रुसमा उनी इंग्ल्यान्ड टोलीसँगै छिन् र उनले खेलाडीहलाई मानसिक रूपमा मजबूत बनाइरहेकी छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्