०६ साउन २०८३, बुधबार

गोलकर्ताहरूको हाइपका साथ शुरू भएको विश्वकपमा गोलकीपर भए हिरो

गोलकर्ताहरूको हाइपका साथ शुरू भएको विश्वकपमा गोलकीपर भए हिरो

काठमाडौं – फूटबल विश्वकप शुरू हुँदा तीनजना गोलकर्ता खेलाडीहरूको अत्यधिक चर्चा चलेको थियो : अर्जेन्टिनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेमार । उनीहरू एक्लैमा टीमलाई जिताउने क्षमता छ भनिन्थ्यो । 

तर यी तीनैजनाको टोली प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलमै रोकिए । उनीहरूको प्रदर्शन औसत मात्र रह्यो । 

उता सेमिफाइनलसम्म पुगेका टोली इंग्ल्यान्ड, बेल्जियम र क्रोएसियाका गोलकीपरहरू नायकका रूपमा उदाएका छन् । जोर्डन पिकफोर्ड, थिबाउत कोर्टोआ र डेनियल सुबासिच क्रमशः स्टार बन्न पुगेका हुन् । यी तीनैले आफ्नो टोलीलाई सेमिफाइनल पु–याउन योगदान गरेका हुन् ।

सुबासिच

क्रोएसियाका डेनियल सुबासिच टोलीका चर्चित खेलाडी राकिटिच र लुका मोड्रिचको छायाँमा थिए । तर सुबासिचले लगातार दुई म्याचमा पेनाल्टी शूटआउटमा गोल छेकेर क्रोएसियालाई जीत दिलाए । क्वार्टरफाइनलमा रुसविरुद्ध चोट लागेपनि उनले खेलिरहे । 

पिकफोर्ड

इंग्ल्यान्डका गोलकीपर टोलीमा ह्यारी केन, डेली अल्ली र रहीम स्टर्लिङ जस्ता चर्चित खेलाडीको छायाँमा परेका थिए । पिकफोर्डले कोलम्बियाविरुद्धको खेलमा पेनाल्टी शूटआउटमा गोल छेकेर इंग्ल्यान्डलाई बचाए र स्विडेनविरुद्धको खेलमा पनि राम्रो सेभ गरे । 

कोर्टोआ

बेल्जियमका गोलकीपर थिबाउत कोर्टोआ टीममा रोमेलु लुकाकु, केभिन डीब्रुइन र इडन हजार्ड जस्ता खेलाडीको छायाँमा परेका थिए । तर क्वार्टरफाइनलमा ब्राजिलविरुद्धको खेलमा एक दर्जन सेभ गरेर उनले आफ्नो टोलीलाई जिताउन महत्त्वपूर्ण योगदान गरे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्