काठमाडौं – चर्चित नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने’ बोलको गीत रिलिज भएको छ ।
चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी गीत रिलिज गरेको हो ।
कर्णालीको जाजरकोटलगायतका विभिन्न ठाउँमा छायाङ्कन गरिएको गीतमा पूर्वदेखि पश्चिमको मायालाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए ।
स्वयं निर्माता तथा स्कृप्ट राइटर कार्कीकै शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको छ भने स्वर अञ्जु पन्तको छ ।
नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्वपश्चिम रेलको परिकल्पना गरिएको छ ।
चलचित्र मालिका लक्ष्मीपूजाको दिन रिलिज हुँदैछ । रेखा थापाले यो चलचित्र करियरमा सबैभन्दा मेहेनत गरेर निर्माण गरिएको बताइन् ।
भिडियो :