२२ असार २०८३, सोमबार

मञ्जुको पौडेलको छम्म-छम्म

मञ्जुको पौडेलको छम्म-छम्म

काठमाडौ- चर्चित उद्घोषिका तथा गायिका मन्जु पौडेलको नयाँ तिज गित छम्म छम्मको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री नीता ढुंगाना र दिपेन्द्र घिमीरेको अभिनय देख्न सकिन्छ ।

मन्जुसंगै सन्तु थापाको स्वर रहेको गितमा पवित्रा सुर्तुङ्गे मगरको संगीत छ भने शिव हमालको शब्द रहेको छ ।

काठमाण्डौंभित्रै खिचिएको भिडियो लोभलाग्दो वनेको छ ।

प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन । विष्णु शर्माले सम्पादन गरेका छन् ।

सार्वजनिक भएको २४ घण्टा नवित्दै यो गितको भिडियो हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्