×

NMB BANK
NIC ASIA

फेसबुकमा ह्याकरको हमला : नेताको नामबाट पैसा माग, हिरोको 'अकाउन्ट'बाट अश्लील गफ !

साउन १०, २०७५

NTC
Premier Steels

काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा डोटीबाट प्रतिनिधिसभा सदस्य रहेका प्रेम आलेलाई एक महिनाअगाडि एक आफन्तले फोन गरेर सोधे, ‘नेताजी मैले तपाईलाई १००० रुपैयाँको रिचार्जकार्ड पठाएको छु । फेरि ३००० रुपैयाँ पनि माग्नुभयो । साह्रै समस्यामा पर्नुभएको हो र ?’ 

Muktinath Bank

आले भने छाँगाबाट खसेजस्तै भए । न त उनलाई कसैले रिचार्ज कार्ड पठाइदिएका थिए, न त कसैसँग उनले पैसा नै मागेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई अन्य व्यक्तिबाट पनि फोन आयो । कसैले ‘तपाईंलाई पैसा पठाइदिएको छु’ भन्थे भने कसैले ‘तपाईंको फेसबुक म्यासेन्जरमा रिचार्ज कार्डको पिन पठाइदिएको छु’ भन्थे । 


Advertisment
Nabil box
Kumari

आलेको फेसबुक ह्याक गर्ने ह्याकरले ४० जनासँग फेसबुकबाटै रिचार्ज कार्डको पिन मागिसकेका रहेछन् । केही व्यक्तिले त ह्याकरले भनेको बैंक अकाउन्टमा पैसा समेत ट्रान्सफर गरेको आलेले लोकान्तरलाई बताए । 

Vianet communication

‘दुई महिना हुन लाग्यो ह्याकरले मेरो फेसबुक अकाउन्ट ह्याक गरेर रिचार्ज कार्डको पिन र पैसा मगाउन थालेको,’ आलेले लोकान्तरसँग भने, ‘मैले यस विषयमा महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन नै दिएको छु । तर उहाँहरूले पनि केही गर्न सक्नुभएको छैन ।’

फिल्म अभिनेतादेखि मोडेलसम्मको फेसबुक ह्याक

महानगरीय प्रहरी अपराध महाशाखामा दैनिक दर्ता हुने उजुरीमध्ये ४० प्रतिशत साइबर अपराध र सामाजिक सञ्जालको अकाउन्ट ह्याक भएको विषयसँग सम्बन्धित हुन्छन् । त्यसमध्ये पछिल्लो समय फेसबुक ह्याक भएका घटना बढ्दै गएको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह बताउँछन् । 

‘फेसबुक अकाउन्ट ह्याक गरेर विभिन्न अश्लील तस्बिर पोस्ट गर्नेदेखि ब्ल्याकमेल गर्नेसम्मका घटनाका उजुरी बढ्दै गएका छन्,’ एसएसपी सिंह भन्छन्, ‘उजुरी गर्ने व्यक्तिले उजुरी दिएपछि हामीले अनुसन्धान अगाडि त बढाउछौं । तर ह्याकरले सताउन छाडेपछि उजुरीकर्ताहरूले पनि त्यति चासो नदिने गरेकाले हामीले ह्याकरसम्मै पुग्न गाह्रो भइरहेको छ ।’

ह्याकरहरूबाट सताइनेमा नेतादेखि अभिनेतासम्मको सूची अपराध महाशाखामा छ । केही समयअगाडि अभिनेता आयुष्मान देशराज जोशी हप्तामा २ दिनजसो अपराध महाशाखा धाइरहन्थे । 

आयुष्मानले आफ्नो फेसबुकबाट आफूहरूसँग अश्लील कुराकानी गरेको भन्दै महाशाखामा उजुरी समेत परेको थियो । तर उनी पनि ह्याकरबाट पीडित भएका रहेछन् । 

कतिपयले त उनको नक्कली आइडी बनाएर युवतीसँग अश्लील कुराकानी गर्ने गरेको पनि भेटियो । 

अपराध महाशाखा स्रोतका अनुसार केही मोडेलहरू समेत ह्याकरबाट पीडित छन् । ह्याकरले आफ्नो फेसबूक ह्याक गरेर च्याटमार्फत् युवाहरूलाई नाङ्गो तस्वीर पठाएको विषयमा समेत केही अभिनेत्री र मोडेलहरूले महाशाखामा उजुरी दिएका छन् ।  

प्रहरीभन्दा ह्याकर अगाडि

महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा पीडितहरूको उजुरीको चाङ लागिसकेको छ । तर उजुरीमाथि छानबिन भएर समाधान भएका घटनाको संख्या भने एकदमै कम छ । 

प्राविधिक रूपमा विकसित हुन नसकेको प्रहरीभन्दा ह्याकर नै अगाडि रहेका देखिन्छन् । अपराध महाशाखा प्रमुख सिंह केही कानूनी र केही प्राविधिक जटिलताका कारण ह्याकरहरूलाई नियन्त्रणमा लिन नसकिरहेको स्वीकार्छन् ।

‘फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालसँग डिल गर्नलाई हामीसँग स्पष्ट कानूनी व्यवस्था नै छैन,’ एसएसपी सिंह भन्छन्, ‘नेपालमा आधिकारिक कार्यालय तथा प्रतिनिधि समेत नरहेका उनीहरूले हामीले भनेको समयमा विवरण पनि उपलब्ध गराउँदैनन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x