१७ असार २०८३, बुधबार

१७७ देशहरूभन्दा धनी भयो एप्पल कम्पनी

१७७ देशहरूभन्दा धनी भयो एप्पल कम्पनी

काठमाडौं – एप्पल बिहीवारबाट एक खर्ब डलरबराबरको सम्पत्ति भएको पहिलो निजी कम्पनी बनेको छ ।

कम्पनी यति धनी भइसक्यो कि १६ देशको मात्र कुल गार्हस्थ्य उत्पादन उसको भन्दा बढी छ । अर्थात् १७७ देशभन्दा धनी छ एप्पल । अहिले उसको भ्याल्यु लगभग इन्डोनेसियाको जीडीपी जति छ । 

एप्पलको स्टकमा २.८ प्रतिशतले वृद्धि हुँदै मंगलवारदेखि बिहीवारसम्म ९ प्रतिशतसम्मको वृद्धि भयो । बुधवार एप्पलको शेयरमा ६ प्रतिशतको वृद्धि भयो । बिहीवार अलिकति शेयर खस्किएपनि फेरि उठ्यो । 

यसअघि शांघाईको शेयर बजारमा पेट्रोचाइनाको मार्केट भ्याल्युएसन यो स्तरमा पुगेको थियो । यसरी एक खर्ब डलरको भ्याल्युमा पुग्ने कम्पनीमध्ये एप्पल अमेरिकाको पहिलो र संसारको दोस्रो बनेको छ । 

सन् १९८० मा सूचित कम्पनी बनेदेखि अहिलेसम्म एप्पलले ५० हजार प्रतिशतको वृद्धि गरेको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्