०९ असार २०८३, मंगलबार

पूरा हुँदै प्रधानमन्त्रीको सपना : विराटनगरमा पाइपलाइनबाट घरघरमा ग्याँस

साउन १९, २०७५
पूरा हुँदै प्रधानमन्त्रीको सपना : विराटनगरमा पाइपलाइनबाट घरघरमा ग्याँस

विराटनगर– विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा यतिबेला घरघरमा पाइपवाट ग्याँस पुर्याउने अभियान चलेको छ । गौसेवा सदनले स्थानीयको घरघरमा पाइप विछ्याएर वायोग्याँस पुर्याएउने काम अन्तिम चरण पुर्याएको हो ।  

यतिबेला प्राविधिकहरूले स्थानियवासीको घरमा ग्याँस पुर्याउन धमाधम काम  गरिहेको छन् । गौशला भित्र रहेका २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्याँस स्थानीयको चुलोसम्म पुर्याउनकोलागि शुरु भएको काम लगभग अन्तिम चरणमा पुगेको गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले बताए ।

गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्याँस जडान गरिसकिएको यादवले जानकारी दिए ।

शुक्रबार मात्रै प्राविधिकहरूले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण गरेका छन् ।  विश्व बैंकको  ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाइनमार्फत स्थानीयवासीको भान्सासम्म ग्याँस बाल्न शुरु भएको यादवले वताए । 

यसरी सम्भव भयो
विस २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक वायोग्याँस संचालनमा ल्याइएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट ग्याँस पुर्याउने बताएपछि समितिले यस विषयमा गम्भिर चासो दिएर वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याइएको हो । 

ग्याँस उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम  सकिएसँगै अबको एक साताभित्र घरघरमा वायोग्याँस पुर्याउने नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताए ।

कसरी पैसा तिर्ने ?
घरमा बालिएको ग्याँसको मिटर अनुसार के कति बिल उठ्छ त्यो सबैले देख्ने स्थानमा मिटरको साथमा रेगुलेटर पनि सँगै राखिएको हुन्छ । चुल्होमा जोड्नुपूर्व ग्याँसको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुपर्ने ब्यवस्था गरिएको छ । 

घरघरमा पाइपबाट ग्याँस पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अवस्थामा यसरी बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा शुरु भएको यो अभियानपछि स्थानीयमा गर्या भने सहजै ग्याँस उत्पादन हुनसक्ने रहेछ भन्ने प्रमाण यो वायोग्याँस प्लान्टबाट देखिएको छ । यसबाट स्थानीय पनि खुसी छन् ।

salt training

कमेन्ट गर्नुहोस्