१० असार २०८३, बुधबार

काँडाघारीबाट अपहरणमा परेका बालक मृत फेला, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

साउन २१, २०७५
काँडाघारीबाट अपहरणमा परेका बालक मृत फेला, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

काठमाडौं– आइतबार साँझ काठमाडौंको काडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत फेला परेका छन् । 

अपराध महाशाखाको टोलीले खोजतलास गर्ने क्रममा अपहरणकरीसँग दोहोरो मुठभेड भएको थियो । प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु भएको छ ।

प्रहरी र अपहरणकारीबीच दिउँसो १ः२१ बजे भएको मुठभेडमा नुवाकोटका गोपाल तामाङ  र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको छ । अपराध महाशाखाको टोलीले बालकको शव भेटिएको भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरबाट पछ्याउँदा अपहरणकारीसँग सुर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम जाने बाटोमा मुठभेड भएको हो । मुठभेडमा दुवै अभियुक्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले पेस्तोल, २ राउण्ड गोली बरामद गरेको छ । अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोवाइल र सीम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । अपहरणकारीले ४० लाख फिरौती मागेका थिए ।

आईतबार साँझ स्कूलबाट फर्कपछि बालकको अपहरण भएको थियो । भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरमा बालकको शव हत्या गरिएको अवस्थामा दिउँसो १२ः३० बजे प्रहरीले फेला पारेको थियो ।

यसअघि, प्रहरीको अपराध महाशाखाको टोलीले सोमबार दिउँसो अपहरणको आशंकामा १ जना महिलालाई पक्राउ गरेको थियो । अहिले उनीसँग प्रहरीले सोधपुछ गरिरहेको छ । फिरौतीकै लागि बालकको अपहरण भएको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ ।

यस्तो थियो घटना 

आइतवार साँझ करीब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । 

सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने भमेली खड्काका ११ वर्षीय छोरा निशान खड्का अपहरणमा परेका थिए । अपहरणकारीले बालककी आमासँग ४० लाख फिरौती रकम माग गरेका थिए । 

अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो । बालकका बुवा गणेश खड्का रोजगारीका लागि मलेसियामा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्