×

NMB BANK
NIC ASIA

सेतो दुबीले हीनताबोध महसूस हुन्छ ? चिन्ता नलिनुस्, यसरी सकिन्छ हटाउन

साउन २९, २०७५

NTC
Premier Steels

काठमाडौं –काठमाडौंकी एक किशोरीको शरीरमा १३ वर्षको उमेरमा सेतो दाग देखियो ।

Muktinath Bank

शुरुमा उनले ढाडमा देखिएको त्यो दागलाई वास्ता गरिनन् । विस्तारै शरीरका अन्य भाग र अनुहारमा समेत सेतो दाग देखिन थाल्यो । त्यसपछि उनलाई चिन्ता लाग्न थाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिला त मैले वास्ता नै गरिनँ । पछि अनुहारमा पनि सेतो दाग देखियो । स्कूलमा साथीहरूले के भयो अनुहारमा भनेर सोध्न थाले,’ नाम नबताउने शर्तमा उनले लोकान्तरसँग भनिन्, ‘मलाई साथीहरूको प्रश्नले दिक्क बनाउन थाल्यो । यो दाग बढ्यो भने कस्तो कुरूप हुन्छ होला भनेर चिन्ता लाग्यो ।’


Advertisment
Nabil box
Kumari

आफ्नो शरीरमा आएको सेतो दाग र सबैको प्रश्नले उनलाई दिक्क बनाएको थियो । उनले चिकित्सकलाई देखाइन् । चिकित्सकले सेतो दुबी आएको र यसले शरीरलाई कुनै असर नगर्ने बताएपछि उनले औषधि उपचार भने गरिनन् । तर उनको शरीरमा सेतो दाग फैलिँदै गयो । आफ्नो शरीरमा भएको सेतो दागको धब्बाले उनलाई आफू कुरूप भएको आभाष हुन थालेपछि फेरि औषधि उपचार गर्न थालिन् ।

Vianet communication

औषधि खान थालेपछि शरीरमा दाग फैलिन त रोकियो, तर पहिला आएको दाग भने निको भएन । आफ्नो शरीरमा भएको दाग हटाउन उनले दुई वर्षआगाडि धूलिखेल अस्पतालका छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णलाई भेटिन् । डा. कर्णको सल्लाहअनुसार उनले विगत पाँच महिना अघिदेखि फोटो थेरापी गराउँदै आएकी छन् ।

उनको अनुहारमा भएको सेतो दाग निको भइसकेको छ । ‘मलाई त अनुहारको दागले साथीहरूसँग घुुलमिल हुन पनि असहज भइसकेको थियो, फोटो थेरापी गर्न थालेपछि निको हुँदै गयो, अहिले खुसी छु,’ उनले हाँस्दै भनिन्, ‘अब त साथीहरूको के भयो भन्ने प्रश्नको हैरानी पनि खेप्नु पर्दैन ।’

यी युवतीजस्तै शरीरमा सेतो दाग भएर चिन्ता गर्ने युवतीहरू धेरै छन् । युवतीहरू मात्रै होइन युवादेखि बयस्कहरूमा पनि शरीरमा आउने सेतो दागले हीनताबोध गर्ने गरेका छन् ।

नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले लोकान्तरलाई बताए । उनका अनुसार सेतो दुबी फैलिने र नफैलिने गरी दुबई प्रकारका हुन्छन् । फैलिने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरि नै फैलन्छ भने, नफैली सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ ।

यस कारण आउँछ सेतो दाग

छाला रोग तथा सौन्दर्य रोग विशेषज्ञ डा. कर्णका अनुसार शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुबी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुबी आउने डा. कर्ण बताए । सोता दुबी रोग नभए पनि मानिसहरूले सुन्दरतामा कमी महसुस गरी उपचार गराउने गरेको उनले बताए ।

‘सेतो दाग कुनै रोग होइन । यसले शरीरमा कुनै असर गर्दैन । उपचार गर्नैपर्छ भन्ने छैन्,’ डा. कर्णले भने, ‘तर शरीरमा आएको दागकै कारण हीनताबोध महसुस हुन्छ । आत्मश्विासमा कमी आउँछ भने दाग हटाउन समयमा नै उपचार गर्नुपर्छ ।’

यसरी गरिन्छ सेतो दुबीको उपचार

सेतो दुबीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र अप्रेसन बाट सेतो दुबीको उपचार हुने गरेको डा. कर्णको भनाइ छ ।

औषधिको प्रयोग

सेतो दुबीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेतो दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ ।

सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुई घण्टापछि घाममा बस्नुपर्ने हुन्छ । औषधि सेवनले दुई महिनादेखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जाने डा. कर्णको भनाइ छ । उनले भने, ‘सेतो दुबीको उपचार जति छिटो गर्‍यो, उति छिटो निको हुन्छ । जति कम उमेर भयो, त्यति छिटो निको हुने गर्छ ।’

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुने र हत्केला र पैतालामा भएको दाग निको हुन समय लाग्ने उनले बताए । 

फोटो थेरापी

फोटो थेरापी भनेको अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रकाशको किरणद्वारा उपचार गर्ने विधि हो ।

फोटो थेरापीमा कृतिम सूर्यको किरण वैज्ञानिक तरिकाबाट उत्पन्न गराई सेतो दाग भएकाहरूको शरीरमा प्रयोग गरिन्छ । फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्‍याउँछ ।

फोटो थेरापी गराउँदा शुरुमा हप्तामा ३ पटकदेखि क्रमशः दुईपटक गरिन्छ । दाग हराउँदै गएपछि हप्तामा एकपटक मात्रै प्रयोग गरिने र किनो भएपछि गर्नु पर्दैन ।

सेतो दुबीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीबाट गर्न सकिने डा. कर्णले बताए । फोटो थेरापी गर्न सहज हुने भएकाले मानिसहरूमा यसको प्रयोग गर्न चाहने मानिस बढी रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x