काठमाडौं – गीतकार एवं गायक सुनिल बर्देवाको सम्झनामा सुनोद श्रेष्ठले 'चुलेसीमा..' बोलको गीतको म्युजिक भिडियो रिमेक गरेका छन् ।
बर्देवाद्वारा कम्पोज गरिएको उक्त गीत सञ्जीव सिंहले गाएका हुन् । गीतमा प्रकट पंगेनीको शब्द रहेको छ। सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनी आफैं र मोडल एन्जी मुल्मी श्रेष्ठको अभिनय छ।
भीम गोपाल इन्टरनेन्टमेन्टले प्रोड्युस गरेको भिडियो अष्ट्रेलियाको मेलबर्नमा छायांकन गरिएको हो। 'गीत आएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो । यसको उद्देश्य आदरणीय सुनिल दाइको सम्झना हो,' सुनोदले भने।
उनले यसअघि बिर्सन सक्दिन, सात समुन्द्र पारिलगायत आधा दर्जन गीतको भिडियो रिमेक गरिसकेका छन् । श्रेष्ठ एस इभेन्टस एन्ड मल्टिमिडिया कम्पनीमार्फत् नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्।
हेर्नुस्, भिडियो :