×

NMB BANK
NIC ASIA

कान्ति बाल अस्पताल एक्सरे विहीन, निर्देशकलाई ‘मुख देखाउनै’ गाह्रो !

भदौ ११, २०७५

NTC
Premier Steels

काठमाडौं– बालबालिकाको उपचारका लागि देशकै केन्द्रय अस्पतालको रुपममा रहेको कान्ति बाल अस्पताल एक्सरे मेसिन विहिन भएको छ । 

Muktinath Bank

दुईवटै  डिजिटल रेडियोग्राफी (एक्सरे मेसिन) विग्रिएपछि अस्पताल एक्सरे मेसिन विहिन बनेको हो । एउटा मेसिन अस्पतालले नै खरिद गरेको भने अर्को जापान सरकारको सहयोगमा १५ वर्ष अगाडि जडान गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत १ वर्षदेखि मर्मत गर्दै चलाउँदै आइएका दुवै मेसिन बिग्रिएपछि अस्पतालमा आउने बिरामीको उपचार नै नहुने अवस्था सिर्जना भएको छ । 
 
यसअघि दिनमा ३ सय विरामीलाई एक्सरे सेवा दिँदै आएको अस्पताल अहिले एक्सरे सेवा विहिन बनेको हो ।


Advertisment
Nabil box
Kumari

अस्पतालमा रहेको दुबै मेसिन विग्रिएपछि एक्सरे सम्बन्धी सेवा नै बन्द भएको अस्पतालका निर्देशक गणेश राईले लोकान्तरलाई बताए । ‘एक वर्ष अघिदेखी ममर्त गर्दै चलाउँदै गर्ने गरेका थियौं,’ राईले लोकान्तरसँग भने, ‘दुईदिन अघिबाट चल्न नै छाड्यो, अब त मर्मत समेत गर्न नमिल्ने अवस्थामा पुगेको छ ।’

Vianet communication

विशेषगरी छातीको समस्या, निमोनिया, फोक्सो, पेट तथा हाडजोर्नीसम्ब्न्धी समस्या लिएर आउने बालबालिकालाई एक्सरे सेवा आवश्यक पर्छ । मेसिन विग्रिएपछि अस्पतालले एक्सरे गरेर स्वास्थ्य परिक्षण गनुपर्ने  बालबालिकाको एक्सरेका लागि टिचिङ लगायत अन्य अस्पतालमा रिफर गर्ने गरेको छ ।  तर टिचिङ अस्पतालमा समेत समस्या उस्तै भएपछि विरामीहरुले निजी अस्पतालमा एक्सरेका लागि जानुपर्ने बाध्यता रहेको छ । 

‘बच्चाको एक्सरे गर्नुपर्ने मेसिन सबै अस्पतालमा सहजै पाइँदैन । अहिले बालबालिकालाई निजी अस्पतालमा रेफर गर्न बाध्य छौं,’ निर्देशक राईले लोकान्तरसँग भने, ‘ केन्द्रीय बाल अस्पताल जिल्ला अस्पताल भन्दा पनि तल्लो स्तरको भयो, मलाई त अस्पतालमा मुख देखाउन पनि लाज भएको छ ।’ 

अस्पतालका लागि नयाँ डिजिटल रेडियोग्राफी मेसिन खरीद गर्न दुई करोड लाग्ने उनको भनाइ छ । अस्पतालमा एक्सरे मेसिन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयमा पटक पटक भन्दा पनि आफ्नो कुरा मन्त्रालयमा कसैले नसुनेको उनको गुनासो छ । दुई वर्ष अघिदेखि एक्सरे मेसिन बिग्रिने गरेको जानकारी गराए पनि मन्त्रालयबाट नयाँ एक्सरे मेसिन खरिदका लागि कुनै पहल नभएको उनले बताए । 

दुई दिन अघिदेखि अस्पतालमा एक्सरे सेवा नै बन्द भएपछि निर्देशक डा. राई पुरानो मेसिन भएपनि पाइने आशमा मन्त्रालय धाइरहेको बताउँछन् । 

‘मन्त्रालयमा एक्सरे सेवा बन्द भएको जानकारी गराइसकेको छु, तत्कालका लागि सेवा दिन कहिँ कतै पुरानो मेसिन भएपनि पाइन्छ कि भनेर भोलि (मंगलवार) पनि मन्त्रालयमा बुझ्न जादै छु,’ उनले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x