
कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागुऔषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।
यसैगरी, सङ्खुवासभा खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई उनकै घरबाट लुकाईछिपाई राखिएको पाँच किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी, दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।