
शरद ऋतुको आगमनसँगै मौसममा माधुर्यता छाएजस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
चराचुरूङ्गीले सुमधुर गीत गुनगुनाएजस्तो लाग्छ ।
सयपत्रीको बिरुवाले पनि नयाँ यौवन पाए जस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
आकाशमा सुन्दर शरदको रौनक छाएजस्तो लाग्छ ।
घामले पनि मुहारमा सुन्दर लाली लाएजस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
वर्षातले छाडेका हिलोमैलो पानीले बगाएजस्तो लाग्छ ।
परदेसिएकालाई पनि घरगाउँको यादले सताएजस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
किसानीले वर्षात् र खेतीपातीको थकान मेटाएजस्तो लाग्छ ।
भक्तजनले पापी महिषासुर बध गर्न दुर्गाभवानी बोलाएजस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।