
काठमाडाैं, १३ फागुन - प्रकटकुमार शिशिर ‘तिमीलाई माया गर्न’ बोलको म्युजिक भिडियो लिएर आएका छन् । गीतमा प्रकटकुमारका शब्द छन् भने राज सिग्देलको आवाज सुन्न सकिन्छ ।
चलचित्र घामपानी निर्देशन गरेका दीपेन्द्र लामाले म्युजिक भिडियोको निर्देशन गरेका छन् । योगेश काजीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
त्यस्तै अाशिष्मा नकर्मी र सुवास श्रेष्ठ भिडियोको फिचरिङमा छन् । प्रकटकुमार शिशिरले शब्द संयोजन गरेको ५ गीत सहितको एल्बम् केही महिनामा सार्वजनिक हुने पनि जनाइएको छ ।