![सुनिल गिरीले ल्याए ʻपरदेशी...ʼ[भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/pardeshi_kasto_man_OxKyIcOW5h.jpg)
काठमाडौं। गायक सुनिल गिरी नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् ।
’को होला त्यो’ बोलको गीतबाट युवापुस्तामाझ लोकप्रियता कमाएका सुनिलले ʻपरदेशी कस्तो यो मनʼबोलको गीत सार्वजनिक गरेका हुन । गीत यो मन एल्बममा समाविष्ट छ ।
गीतमा सुनिलकै शब्द, संगीत तथा स्वरसंगै अभिनय रहेको छ । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन गरेका हुन । भिडियोमा पवन सिम्खडाको छायाँकन तथा शिलन लम्सालको सम्पादन छ ।
दार्जिलिङ, सिक्किम, घान्द्रुक, जोमसोम लगायतका रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा गायक गिरी मोडेल श्रेया शर्मासंग देखिएका छन् । सुनिलका यसअघिका अन्य थुप्रै गीत हिट छन् ।