२२ असार २०८३, सोमबार

वर्षाले दशैंमा ʻपिरिम नलाउनेʼ ! [भिडियोसहित]

वर्षाले दशैंमा ʻपिरिम नलाउनेʼ ! [भिडियोसहित]

काठमाडौं। ʻपिरिम नलाउने’ बोलको दशैं गीत सार्वजनिक गरिएको छ ।

आशिष सचिन र मेलिना राईको स्वर रहेको गीतमा गायक आशिष सचिनसँग अभिनेत्री वर्षा राउतलाई फिचरिङ गरिएको छ । गीतका शब्द दिपक शर्माले लेखेका छन् । 

दशैंमा गाउँ फर्किएको परदेशीसंग प्रेमीकाको गुनासो र प्रेमीको परिस्थितिलाई गीतमा दर्शाइएको छ । आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका हुन् । 
भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्