२६ असार २०८३, शुक्रबार

भारतीय रियालिटी शोका जजले भने– मेनुकाको गायनमा कमेन्ट गर्ने औकात छैन

कात्तिक ५, २०७५
भारतीय रियालिटी शोका जजले भने– मेनुकाको गायनमा कमेन्ट गर्ने औकात छैन

रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएकी मेनुका पौडेल फेरि एकपटक चर्चामा रहेकी छिन् । 

दृष्टिविहीन पौडेलले नेपाल आइडलमा आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् तर दर्शकको भोटको कमी कारण उनी टप टेनबाट बाहिरिएकी थिइन् । 

अहिले फेरि उनी भारतीय टेलिभिजन जी टिभीमा प्रशारण हुने रियालिटी शो सारेगामापामा उत्कृष्ट गायन पस्कदा नेपाल मात्र होइन भारतमा पनि यसको चर्चा भएको छ । 

सारेगामापाको अडिसन राउण्डबाट छानिएकी छिन् । शनिवार राति टेलिभिजनबाट प्रसारण भएको उक्त शोमा मेनुकाको प्रस्तुतीले जज र जुरी मेम्बरहरुको आखा रसाएका थिए । 

लता मंगेशकरको आवाजको गीत ‘जाने क्या बात है..’ गाउँदा शोमा उपस्थित जजले आँशु झारेका थिए । 

उनले गीत गाइसक्दा सबै उभिएर उनको प्रशंसा गरिरहेका थिए । 

जज रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको प्रशंसा गरेका थिए । 

उनको गायनमा जजहरुले आशुमात्र बगाएनन् मुक्त कण्ठले प्रशंसा गरेका थिए । त्यसक्रममा मेनुका भावुक बनेकी थिइन् । गायन माथि प्रतिक्रिया जनाउँदै संगीतकार शेखरले आफूले मेनुकाको गायनमा जज गर्ने आफ्नो कुनै औकात नभएको बताए । उनले भने ‘म यति धेरै क्वालिफाइड छैन ।’

गायनमा लिएको हर्कतका कारण आफूहरु मेनुकाको फ्यान भएको जजहरुले बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्