×

NMB BANK
NIC ASIA

गृहमन्त्रीपिच्छे प्रहरीका ‘विशेष कार्यक्रम’ : चर्चामा आउने तामझाम मात्रै ?

कात्तिक ११, २०७५

NTC
Premier Steels

काठमाडौं– प्रहरीले आइतवार देशभर एकसाथ ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम घोषणा गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारासहित प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम घोषणा गरेको हो । 

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा एक भिडियो क्लिप खोलेर गृहमन्त्री रामबहादुर थापा (बादल)ले ‘समुदाय–प्रहरी साझेदारी’को उद्घाटन गरे । यस्तै ७ वटा प्रदेश र ७५३ वटा स्थानीय तहममा पनि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु भएको जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थी केन्द्रित कार्यक्रम


Advertisment
Nabil box
Kumari

प्रहरीले शनिवार काठमाडौंमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम घोषणा गर्न उपत्यकाका ३ वटा जिल्लाबाट करिब २ हजारको संख्यामा विद्यार्थी भृकुटीमण्डपमा उतारिएको थियो । खास गरेर ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरु अपराधमा संलग्न हुने तथा अपराधबाट पीडित हुने क्रम बढेको भन्दै प्रहरीको नयाँ कार्यक्रम विद्यालय तहका किशोर–किशोरीप्रति बढी लक्षित रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । 

Vianet communication

प्रहरीको तथ्याङ्कका अनुसार पछिल्लो समयमा भइरहेका अपराधिक घटनामामा १६ देखि २४ वर्ष उमेर समूहका किशोरको सहभागिता बढी रहेको महानिरीक्षक खनालको भनाइ छ । ‘अपराधिक घटनाको अध्यन गर्दा १६ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरीको संलग्नता बढी देखिन्छ,’ खनालले भने, ‘विद्यालय समूहका किशोर–किशोरी अपराध कार्यमा संलग्न हुने र उनीहरुनै बढी पीडित हुने अवस्थालाई रोक्न प्रहरीले विशेष अभियान शुरु गरेको हो ।’

यस्तै बलात्कारजस्तो जघन्य अपराधबाट पीडित हुने महिलाको समूहमा १८ वर्षमुनिका किशोरी र बालिकाको संख्या बढी रहेको खनालले बताए । ‘बलात्कारका घटनामा पीडित हुनेमध्ये ६४ प्रतिशत १८ वर्षभन्दा कम उमेरका किशोरी र बालिका छन्,’ खनालले भने । 

गृहमन्त्रीपिच्छे फेरिँदै प्रहरी अभियान

गणतन्त्र घोषणा भएपछि मात्रै प्रहरीले आधा दर्जनभन्दा बढी अभियान घोषणा गरिसकेको छ । गृहमन्त्री फेरिएसँगै फेरिने प्रहरी अभियानले सामाजिकस्तरमा सुरक्षा व्यवस्थालाई मजबुद बनाउन खासै प्रभाव पार्न सकेको छैन । गत वर्ष ६ असोज २०७४ मा मात्रै तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्री भएका बेला प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु गरियो । भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरी शुरु भएको कार्यक्रम घोषणामै सीमित रह्यो । केही गोष्ठीहरु बाहेक स्थानीयस्तरमा कार्यक्रमको कुनै प्रभाव देखिएन । 

उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख हुँदा ‘मुस्कान सहितको सेवा’भन्दै प्रहरीले देशव्यापी अभियान घोषणा ग¥यो । कार्यक्रम प्रभावकारी बनाउन भनेर प्रहरी कर्मचारीलाई प्रशिक्षण पनि दिइयो । प्रहरीले सेवाग्राहीसँग गर्ने व्यवहारमा सुधार ल्याउने भनेर अगाडि सारिएको ‘मुस्कान सहितको सेवा’ अभियान पनि सफल भएन । 

त्यसबीचमा प्रहरीले फेरि अर्को अभियान शुरु गर्यो, ‘प्रहरी मेरो साथी’ । तत्कालीन माओवादी केन्द्रकै नेता शक्ति बस्नेत गृहमन्त्री भएका बेला शुरु गरिएको ‘प्रहरी मेरो साथी’ अभियान पनि प्रभावकारी भएन । 

प्रहरीकै सक्रियता हुँदैन

अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ गर्न तथा पूर्व सूचना शंकलन प्रणालीलाई प्रभावकारी बनाउने भनेर प्रहरीले यस्ता अभियान घोषणा गर्ने गर्छ । तर, यस्ता कार्यक्रममा प्रहरीकै सक्रिय सहभागिता हुँदैन । 

‘मुस्कानसहितको सेवा भनेर शुरु गरिएको अभियान प्रहरीकै आचरण सुधारका लागि थियो । तर, त्यसप्रति प्रहरी कर्मचारीकै रुची देखिएन,’ नेपाल प्रहरीबाट अवकासप्राप्त एक पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)ले लोकान्तरसँग भने, ‘गृहमन्त्रीले चर्चाका लागि प्रहरीलाई प्रयोग गर्न यस्ता योजनाको घोषणा गरिन्छ । घोषणापछि निरन्तरता नहुँदा यस्ता योजनाहरु कार्यान्वयनमा आउँदैनन् ।’

प्रहरी महानिरीक्षक खनाल भने यसपटकको योजना यसअघि अगाडि सारिएका अन्य योजनाभन्दा फरक रहेको बताउँछन् । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलगायत अन्य सरकारी निकायको छलफलबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम घोषणा गरिएको खनालेका भनाइ छ । 

‘यो कार्यक्रमको नेतृत्वकर्ता नेपाल प्रहरी रहेपनि यसमा नेपाल सरकारका प्राय सबै निकायको सहभागिता हुन्छ,’ खनाल भन्छन्, ‘नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान सफल पार्न यो कार्यक्रम ल्याइएको हो ।’
पर्याप्त पूर्व तयारी र स्पष्ट लक्ष्यका साथ कार्यक्रम घोषणा भएकाले यसमा कुनै अन्यौलता नभएको उनको भनाइ छ । 

प्रहरीले आइतवार घोषणा गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सफल पार्न २ हजार ५ सय २३ प्रहरी कर्मचारीलाई विशेष प्रशिक्षण दिएर तयार पारेको जनाएको छ । आइतवार घोषणा भएको कार्यक्रममा ७ सय ५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडा, २ हजार ५ सय ४५ प्रहरी इकाइ, ३६ हजार विद्यालय, १० हजार सामाजिक संस्था, ३५ हजार स्थानीय तहका जनप्रतिनिधि, ७५ लाख विद्यार्थी, ४० लाख अभिभावक, ४ लाख शिक्षक र ७५ हजार प्रहरी कर्मचारी प्रत्यक्ष सहभागी हुने प्रहरी महानिरीक्षक खनालको दावी छ । 

कार्यक्रमअन्तर्गत सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा सुरक्षा समन्वय, सीसीटिभी क्यामेरा लगायत प्राविधिक सुरक्षा उपकरणको स्थापना र परिचालनमा जोड दिइने खनालले जानकारी दिए । कार्यक्रमअन्तर्गत प्रहरीले सामुदायिक गस्ती गर्नुका साथै स्थानीयस्तरबाट सूचना शंकलन गर्ने प्राथमिक लक्ष्य लिएको छ । यस्तै फरार अभियुक्त पक्राउमा समुदायको रचनात्मक सहयोग तथा सूचना आदान–प्रदान कार्यक्रमको लक्ष्य रहेको जनाइएको छ । 

तस्बिरहरु : गगन अर्याल

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x