काठमाडौं– नेपाल आईडलका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । उनको एकल स्वरमा ʻपिलाई दियोʼ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रामकृष्ण महराले शब्दमा भिम बिसीले संगीत भरेका छन् । गीतलाई अमोष तामाङले एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा रञ्जित कुमार पौडेल र मुस्कानलाई अन्य कलाकारले साथ दिएका छन् । अमृत सुनुवारको निर्देशनमा बनेको भिडियोलाई अभेष बज्राचार्यले छायाँकन तथा माधव वेलवासेले सम्पादन गरेका हुन ।
भिडियो: