काठमाडौं। गायक अर्जुन कौशल नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् ।
उनले राष्ट्रियताले सजिएको लोक पप गीत ʻडम्फु मादलʼ सार्वजनिक गरेका हुन् । गीतमा उनकै शब्द, संगीतसंगै स्वर रहेको छ ।
डम्फु, मादल, सारङ्गी जस्ता नेपाली मौलिक बाजाहरुलाई समेटेर तयार गरिएको गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा गायक स्वयंम गायक अर्जुन प्रस्तुत छन् । साथमा दिपासा बिसी र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई रविन विकले सम्पादन गरेका हुन ।
भिडियो :