×

NMB BANK
NIC ASIA

भेगीय स्वार्थसामु दुईतिहाई निरीह : नाम र राजधानी तोक्न विलम्ब

फुर्सदिला सांसदले कामै नगरी गुजारे समितिको म्याद

कात्तिक ३०, २०७५

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिले कामै नगरी आफ्नो समय सीमा गुजारेको छ । 

Muktinath Bank

गएको साउन २४ गते बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको अन्तिम बैठकले ३ महिनाको म्याद दिएर राजधानी र नामाकरण गर्न विशेष समिति गठन गरेको थियो । समितिको म्याद गत शुक्रबारसम्म थियो । प्रदेशका सबै जिल्ला–जिल्लामा गएर रायसुझाव संकलन गर्ने बताइएको समितिले कार्यविधि समेत पारित नगरी २ वटा बैठक मात्र बसेर समयसीमा कटाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सदस्य विष्णु पन्थीले आउँदो तेस्रो अधिवेशनले समितिको म्याद थप गरेर काम अगाडि बढ्ने दावी गरे । उनले भने, ‘अब संसदको अर्को अधिवेशनले समितिको म्याद थप गर्छ । त्यसपछि हामी कार्यविधि टुंगो लगाएर सुझाव संकलनका लागि जिल्लातर्फ जान्छौं ।’ समितिले मुख्यमन्त्री समेत समय सकिएको जानकारी समेत गराएको बताएको छ ।


Advertisment
Nabil box
Kumari

दलहरूका नेता–कार्यकर्ताहरू आफू अनुकुलका भूगोल र नामलाई चर्चामा ल्याउन लागेको देखिन्छ । उनीहरूले स्थायी राजधानीका लागि बुटवल वा दाङ र नाम चर्चामा ल्याएका छन् । संविधानको धारा २८८ मा भएको व्यवस्था अनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाको दुईतिहाइ मतले टुंगो लगाउने व्यवस्था छ । 

Vianet communication
सत्तापक्षसँग दुईतिहाइ बहुमत छ । उहाँहरूले चाहनुभयो भने बुटवल बनाउन पनि सक्नुहुन्छ र दाङ लैजान पनि सक्नुहुन्छ

विशेष समितिका अर्का सदस्य वीरबहादुर रानाले सत्तापक्षकै कारण समितिले कामविहीन बनाइएको दावी गरे । उनले भने, ‘समितिको म्याद सकियो । नामाकरण र राजधानी छिटो टुंग्याउनुपर्छ भन्ने आफूहरूको संसदमा आवाज सुनुवाइ भएन ।’ 

‘सत्तापक्षसँग दुईतिहाइ बहुमत छ । उहाँहरूले चाहनुभयो भने बुटवल बनाउन पनि सक्नुहुन्छ र दाङ लैजान पनि सक्नुहुन्छ,’ रानाले भने, ‘मुख्यमन्त्रीको चाहना बुटवल राजधानी होस् भन्ने छैन ।’ 

संसद नचल्दा सांसदहरू रुपन्देही विभिन्न ठाउँमा हुने साना–साना कार्यक्रमका अतिथि हुन दिएर दिन कटाउँदै आएका छन् । उनीहरू सहकारीका साधारणसभादेखि रक्तदान कार्यक्रममा समेत गएर अतिथि बन्नमा व्यस्त देखिन्छन् ।

विशेष समितिमा रूपन्देहीबाट तुलसीप्रसाद चौधरी र रमा अर्याल, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य, गुल्मीबाट दिनेश पन्थी, अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षत्री र चेतनारायण आचार्य, कपिलवस्तुबाट विष्णुप्रसाद पन्थी र शहरराम यादव, बर्दियाबाट दीपेश थारू र भुवनेश्वर चौधरी, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जिसी र दाङबाट सरस्वती गौतम सदस्य छन् । 

संसदको तेस्रो अधिवेशन आउँदो मंसिर पहिलो साता बोलाउने सरकारको तयारी छ । संसदका लागि सरकारले ४० वटाभन्दा बढी मस्यौदा तयारी पारिसकेको छ । समितिकी ज्येष्ठ सदस्य सरस्वती गौतमको अध्यक्षमा २ वटा बैठक मात्र बसेको थियो । 

७ प्रदेशको संघीय अभ्यास गरेको मुलुकमा ३ वटा प्रदेश कर्णाली, गण्डकी र सुदूरपश्चिमले आफ्नो स्थायी राजधानी र प्रदेशको नाम टुंगो लगाइसकेका छन् । तर १, २, ३ र ५ नम्बर प्रदेश भने स्थायी राजधानी र नामाकरणका विषयमा अझै अलमलमा छन् । ५ नम्बर प्रदेशमा सांसद, मुख्यमन्त्री तथा दलका नेताहरूमा भेगीय स्वार्थ बढी देखिन्छ ।

समितिका सदस्य तथा संघीय समाजवादी फोरम नेपालका सांसद सहस्रराम यादवले समिति गठन गर्नुको कुनै अर्थ नदेखिएको बताए । ‘समितिको संयोजक समेत तोक्दैन । कार्यविधिको पूर्णता नदिई म्याद सकियो । समिति लथालिङ्गजस्तो देखियो,’ यादवले भने । 

प्रदेशको राजधानी र नामाकरणबारे प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बोल्न चाहेका छैनन् । आफ्नो नेतृत्वको सरकारसँग दुईतिहाइ बहुमत हुँदाहुँदै पनि मुख्मन्त्री पोखरेल यस विषयमा बोल्न नचाहनुले यसभित्र उनको गम्भीर स्वार्थ रहेको अनुमान लगाउन थालिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x