
पोखरा, नेपाली काँग्रेसले उपचारार्थ नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई आर्थिक सहयोग गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीका पाण्डेलाई नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउ, साईप्रस र क्यानडाले सहयोग गरेको हो ।
नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रमबीच मकाउको तर्फबाट ४१ हजार चार सय १५, क्यानडाको तर्फबाट ३० हजार र साईप्रसको तर्फबाट १७ हजार सहयोग गरिएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ र क्यानडाका सदस्य कृष्ण रेग्मीले पाण्डेलाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सरस्वती गुरुङ र उमा ठकुरीले एक हजार पाँच सय/एक हजार पाँच सय, सिकन्दर गुरुङ र गिरिराज गौतमले एक हजार एक सय/एक हजार एक सय, भोजराज सुवेदी, ज्योती कोइराला, विकास थापा, देवकृष्ण पराजुली, सुवर्ण केसी, सित्तल अधिकारीले एक/एक हजार रुपैया सहयोग गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देश-विदेश जो जहाँ रहेपनि नेपालीवीच सद्भाव रहेको उल्लेख गरे ।
नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले सहयोगी मनलाई कहिले दुःख नहुने बताईन् । नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङले पाण्डेले आर्थिक अभाव बारे जानकारी गराएपछि उनलाई सहयोग गरिएको बताए । पाण्डे विगत सात वर्षदेखि टाउँका र आँखा सम्वन्धी समस्याबाट प्रभावित छन् ।
नेपाली काँग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सदस्य नवीन सिग्देलले संचालन गरेका थिए ।